साझा प्रस्तावका लागि भोलि १ बजेसम्म नेकपा बैठक लम्ब्याइयो

 न्यूज विराट
साझा प्रस्तावका लागि भोलि १ बजेसम्म नेकपा बैठक लम्ब्याइयो

काठमाडौं, १६ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक भोलि १ बजे बस्ने गरी सकिको छ । मंगलबारको बेठकमा पनि अध्यक्षद्वयबाट साझा प्रस्ताव ल्याउनेबारे सहमति जुट्न सकेन । आजको बैठकमा अध्यक्षद्वयले आ-आफ्नो धारणा राखेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अन्य सदस्यहरूले पनि सामान्य रूपमा आफ्नो धारणा राखेको थिए ।

‘अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु भएको छ । छलफल सकिएको छैन । अनौपचारिक छलफल पनि बढाउनु पर्ने बैठकले निष्कर्ष निकालेको छ । सम्वादका प्रक्रिया अगाडि बढाइने छ’ प्रवक्ता श्रेष्ठले भने । पार्टीको संकटको चुरो कारणका विषयमा गम्भीर छलफल गर्ने कार्य अझै बाँकी रहेको उनले बताए । साझा प्रस्तावका बारेमा बैठक सकिएपछि निष्कर्ष निकाल्ने उनले बताए ।

अध्यक्षद्वयलाई आफ्ना प्रस्तावमाथि समीक्षा गर्दै संयुक्त प्रस्ताव ल्याउन केही सदस्यहरूले आग्रह गरेका छन् । सोहीअनुसार आवश्यक छलफल गरी साझा प्रस्तावका लागि पहल गर्न बैठक भोलि बुधबार १ बजेसम्म लम्ब्याइएको हो ।

सम्बन्धित समाचार

व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क

कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुवात गरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी...

सोमबार थप ४५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ हजार नाघ्यो

काठमाडौं, असार १-नेपालमा सोमबार थप ४५१ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ३५ महिला ४१६ जना पुरुष गरी ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी...

निषेधाज्ञामा विराटनगरः कतै सुनसान, कतै अत्याधिक भिड (फोटो फचर)

विराटनगर, ६ भदौ-लकडाउन प्रभावकारी नभएर दिनप्रतिदिन प्रदेश राजधानी विराटनगर र आसपासका स्थानीय तहमा समुदायमा कोरोना संक्रमण तिब्र गतिमा फैलिँदै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेसँगै सुनसान देखिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर लगायत अन्य...

गाँजासहित कटहरीबाट २ युवा पक्राउ

विराटनगर, १९ साउन-मोरङको कटहरी गाउँपालिकामा २ जना युवालाई ३ केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको...

अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, माघ १०–सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्चमा रिट दर्ता गर्दै २०६२ सालमा भएको एउटा हत्या अभियोगमा सापकोटामाथि न्यायिक अनुसन्धान जारी रहेकाले उनलाई सभामुखमा निर्वाचन...

जुवाखालबाट पक्राउ परेका पूर्व मन्त्री राजभण्डारी धरौटिमा रिहा

विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर...

रथयात्रामा उछृंखल गतिविधि र पाकेटमारमा संलग्न भएको आरोपमा १२३ जना पक्राउ

विराटनगर । विराटनगरमा मंगलबार निस्किएको ं ९३ औं संस्करणको राधाकष्ण रथयात्रामा उछृंखल गतिविधि र चोरीमा संलग्न भएको आरोपमा प्रहरीले १२३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ११३ जना पुरुष र १० जना महिला रहेको मोरङ...

सरकारद्वारा विज्ञापन बोर्ड गठन, पाँच सदस्य नियुक्त

काठमाडौं, १५ मंसिर-नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्