निषेधाज्ञामा विराटनगरः कतै सुनसान, कतै अत्याधिक भिड (फोटो फचर)

 न्यूज विराट
निषेधाज्ञामा विराटनगरः कतै सुनसान, कतै अत्याधिक भिड (फोटो फचर)

विराटनगर, ६ भदौ-लकडाउन प्रभावकारी नभएर दिनप्रतिदिन प्रदेश राजधानी विराटनगर र आसपासका स्थानीय तहमा समुदायमा कोरोना संक्रमण तिब्र गतिमा फैलिँदै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेसँगै सुनसान देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर लगायत अन्य ३ स्थानीय तहमा पाँच दिने निषेधाज्ञा जारी गरेसँगै सुनसान देखिएको हो । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाईरसको बढ्दो संक्रमण रोकथाम तथा न्युनीकरणका लागी निषेधाज्ञानै जारी गरेपछि अधिकांश स्थान सुनसान देखिएको छ भने कतिपय स्थानमा स्थानीयले निषेधाज्ञाको बेवास्ता गर्दै भिडभाड गरेका हुन् ।

निषेधाज्ञाको पहिलो दिन लकडाउनको तुलनामा चहल पहल निकै कम भएको छ । अत्यावश्यकिय सवारी साधन र पशल मात्र खुलेका छन् भने अन्य ठप्प रहेको छ । शनिबार विहानै केही स्थानमा भिड लागेको छ । नगरका केही स्थानमा दुध, खाद्यान्न खरिद गर्न मानिसहरुको भिड लागेको थियो ।

यस अघि निषेधज्ञाको पूर्वसन्ध्यामा पनि अन्य दिनको तुलनामका अत्याधिक भिड थियो । जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबारदेखि भदौ १० गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

बैठकको निर्णय बमोजिम शुक्रबार मध्यरातदेखि विराटनगर महानगरपालिका, बुढिगंगा गाउँपालिकाको वडा नम्बर १,२, ३, र ४, कटहरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म, र रंगेली नगरपालिकाको ४ देखि ७ सम्मका वडामा पनि निषेधाज्ञा जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए ।

तस्बीरहरुः ब्रम्हदेव यादव

सम्बन्धित समाचार

आजबाट सेयर बजार बन्द हुने

काठमाडौं, १ जेठ-लकडाउनकै बीच खुलेको शेयर बजारमा तीव्र रूपले ओरालो लाग्दा खुलेको २ दिनमा नै बन्द गर्न धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिएको छ । बजार घटेपछि लगानीकर्ता आक्रोशित बनेसँगै बजार पुन: बन्द गर्ने निर्णयमा...

पूर्वमन्त्री पण्डितको पहलमा युवा नेता आजमले वितरण गरे राहत

विराटनगर, जेठ १३–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का सांसद लालबाबु पण्डितको पहलमा बन्दाबन्दीका कारण समस्यामा पर्दै आएका परिवारलाई राहत वितरण गरिएको छ । सांसद पण्डितको पहलमा नेकपा युवा नेता मो. आजमले विराटनगर–९ स्थित धोवीयारी...

शववाहन नहुँदा डोजरले व्यवस्थापन गरिँदै कोरोना संक्रमितको शव

तनहुँमा शववाहनको अभाव खड्किएको छ । जिल्लामा एउटा पनि शववाहन छैन । कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी...

हतियारसहित २ जना पक्राउ

जनकपुर, ४ जेठ-धनुषाबाट हतियारसहित २ युवक पक्राउ परेका छन् । उनीहरू जिल्लाको शहिदनगर नगरपालिका-३ झण्डा चौकबाट पक्राउ परको हुन् ।पक्राउ पर्नेमा कमला नगरपालिका ८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २०...

पछिल्लो २४ घण्टामा देशभर ३९० संक्रमित थपिए

काठमाडौं, २ माघ-पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार ५६७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल...

नेकपा सचिवाल बैठकको समय सर्‍यो

काठमाडौं, २० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकको समय सरेको छ । ४ बजे बस्ने भनिएको बैठक डेढ घण्टा पछि सारेर ५ बजेर ३० का लागि डाकिएको हो । नेकपाभित्र देखिएको विवाद समाधानका...

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं, १४ साउन-आज पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलाको ९८ हजार २ सयमा कारोबार छापावाल सुनको मूल्य आज ९८ हजार ५ सय निर्धारण गरिएको छ ।  नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी...

चितवनमा थप ५ जनामा कोरोना पुष्टि

चितवन, ८ असार-चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक परीक्षण गरिएको परीक्षणमा माडी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्