जुवाखालबाट पक्राउ परेका पूर्व मन्त्री राजभण्डारी धरौटिमा रिहा

 न्यूज विराट
जुवाखालबाट पक्राउ परेका पूर्व मन्त्री राजभण्डारी धरौटिमा रिहा

विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।
शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर मुद्दा चलाएको थियो । जिल्ला प्रशासन कार्यालयले तोकेको जनही १० हजार धरौटी तिरेर उनीहरु छुटेको जिल्ला प्रहरी परिसरले जानकारी दिइएको छ ।
सांसद राजभण्डारीसहित सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, ठुला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत पक्राउ परेका थिए ।
धरौटिमा धुटेका राजभाण्डारी नेकपा एमालेका नेता तथा सोलुखुम्बुबाट निर्वाचित सांसद हुन् ।

सम्बन्धित समाचार

सम्भावित विभाजन रोक्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका  निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी...

जोखिम क्षेत्रमा विद्यालय नखोल्न शिक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौं, ३० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम रहेका क्षेत्रमा तत्काल विद्यालय नखोल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको छ । बुधबार शिक्षा मन्त्रालयका पदाधिकारीसँग भएको छलफलमा स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम कायमै रहेकाले...

नयाँ नक्साप्रति भारतको प्रतिक्रियाः यो कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन

काठमाडौं, ७ जेठ-लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले प्रतिक्रिया जनाएको छ । आज नेपालले आधिकारीकरूपमा नक्सा जारी गरेसँगै भारतले औपचारिक प्रतिक्रिया जनाएको हो ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग...

विराटनगरमा २२ सहित प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

विराटनगर, २७ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

मानगढ खानेपानीको निर्वाचनमा ३ हजार ९६४ मत खस्यो, आज राती १० बजेबाट गणना सुरु हुने

विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि सम्पन्न पुनः निर्वाचनमा ३ हजार ९६४ मत खसेको छ। कुल ५ हजार ९९८ मतदाता रहेकोमा झण्डै ६६ प्रतिशतले मतदान गरेका छन्। शनिबार बिहान...

धनकुटा जिल्ला प्रशासनको पनि सेवा बन्द

विराटनगर, २३ वैशाख । जिल्ला प्रशासन कार्यालय धनकुटाले अत्यावश्यकीय बाहेकाका सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण फैलदै गएको र धनकुटा नगरपालिकाका सबै वडाहरुमा निषेधाज्ञा समेत जारी भएकाले प्रशासनका...

जगदम्बा समूहका कार्यकारी निर्देशकको घर र कार्यालयमा प्रहरीको छापा

जगदम्बा समूहका कार्यकारी निर्देशक सुलभ अग्रवालको घरमा प्रहरीले छापा हानेको छ । मंगलबार बिहान ज्वरो नाप्ने थर्मल गनमा कालाे बजारी गरेकाे आराेपमा पक्राउ परेका अग्रवालको घरमा प्रहरीले दिउँसो छापा होनेको हो । महानगरीय प्रहरी अपराध...

पञ्जावमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी, साउन १८-भारतको पञ्जाव राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा पञ्जाव प्रान्तका उत्तरी क्षेत्रका ३ जिल्लाका व्यक्तिहरू रहेका छन् । प्रहरीले अवैध मदिरा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्