प्रचण्डलाई ओलीको जवाफ : एमसीसी हस्ताक्षरकर्ता तपाईं ‘राष्ट्रवादी’, म कसरी ‘राष्ट्रिय हित विरोधी’

 न्यूज विराट
प्रचण्डलाई ओलीको जवाफ : एमसीसी हस्ताक्षरकर्ता तपाईं ‘राष्ट्रवादी’, म कसरी ‘राष्ट्रिय हित विरोधी’

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावमा एमसीसी परियोजनामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपमा जवाफ दिएका छन् ।

उनले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रस्ताव पेस गर्दै एमसीसी परियोजनाका विषयमा प्रचण्डले लगाएको आक्षेपको जवाफ दिएका हुन् । उनले प्रचण्डकै नेतृत्व रहेका बेला यो परियोजनामा हस्ताक्षर भएको र यसलाई कार्यान्वयनमा लैजाऊभन्दा कसरी राष्ट्रिय हित विरोध भयो भन्दै प्रश्न गरेका छन् ।

‘तपाईंले उल्लेख नगर्नु भए पनि, यथार्थ यही हो– यो सम्झौतामा तपाईंले नेतृत्व गरेको तत्कालीन नेकपा (माओवादी–केन्द्र) र कांग्रेसको संयुक्त सरकार हुँदा हस्ताक्षर गरिएको हो । अनि, हस्ताक्षरकर्ता ‘राष्ट्रवादी’ र जसले हस्ताक्षर गरेको भए पनि, नेपालको तर्फबाट गरिएको हुनाले यसलाई कार्यान्वयन गर्रौँ भनेर अगाडि बढाउन कोशिस गर्ने म चाहिँ कसरी ‘राष्ट्रिय हित विरोधी’?’

प्रधानमन्त्री ओलीले एमसीसीका सम्बन्धमा पार्टीलाई पूर्णरूपमा गुमराहमा राखेको प्रचण्डले आरोप लगाएका थिए । उनले पहिलेको सम्झौताभन्दा राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्नेगरी पार्टीबाट गोप्य राखेर कार्यान्वयनको सम्झौता गरेको र मूल सम्झौताका कतिपय प्रावधानलाई समेत परिवर्तन गरेको प्रचण्डको आरोप थियो ।

संसदमा अनुमोदनका लागि विचाराधीन सम्झौताबारे निर्णय नहुँदै सम्झौताका प्रवाधानमा संशोधनका लागि अर्थमन्त्रीद्वारा एमसीसीसँग गोप्यरूपमा पत्राचार गरियो । यसबाट संसदकै विशेषाधिधारको हनन गरियो,’ उनले प्रस्तावमा भनेका छन्, ‘एमसीसीसँगको सम्झौताबारे केन्द्रीय कमिटीको दोस्रो बैठकबाट गठित कार्यादलको प्रतिवेदन छलफल गर्ने चासो देखाइएन । पार्टीको कैन निकायमा जानकारी नगरी बजेट वक्तव्यमा र १५ औँ पञ्चवर्षीय योजनामा एमसीसी अन्तर्गतका आयोजनालाई समावेश गरियो ।’

एमसीसीबारेमा प्रचण्डले लगाएको आरोपमा ओलीले जवाफ दिँदै सम्झौताका सम्बन्धमा पार्टीबाट दिइने सुझावलाई सरकारले ध्यान बताइसकेको स्मरण गराएका छन् । केही कुरा स्पष्ट पार्नु या सुधार गर्नुपर्ने भए त्यसका लागि प्रयाश गरिने पनि उनले आफ्नो जवाफी प्रस्तावमा उल्लेख गरेका छन् । उनीले विकासका महत्वपूर्ण प्रश्न र देशको विश्वसनीयता जोडिएका विषयमा सस्तो राजनीति धेरै महँगो पर्न प्रचण्डलाई चेतावनी दिएका छन् ।

‘कि त खुलस्त रुपमा यस सम्झौतालाई खारेज गर्नु पर्छ भन्नुस् । होइन भने, कहिले सार्वजनिक मञ्चमा (जस्तै ‘कान्तिपुर कन्क्लेभ’) मा गएर ‘यसलाई पारित गरिन्छ’ भन्ने, कहिले सभामुखलाई अन्यौलमा राखेर, कहिले आफू निकट साथीहरुलाई अतिरञ्जित र भ्रामक प्रचार गर्न लगाएर, मित्र राष्ट्रहरूसँग सम्बन्धमा जटिलता आउने गरी दोहोरो भूमिका खेल्न छाड्नु होस् । विकासका महत्वपूर्ण प्रश्न र देशको विश्वसनीयता जोडिएका विषयमा सस्तो राजनीति धेरै महङ्गो पर्न सक्छ,’ प्रतिवेदनमा भनिएको छ ।

सम्बन्धित समाचार

मिल्स क्रिकेट प्रतियोगिता, विराटनर र नरपथग्राम क्वाटरफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसीसी विराटनगर र भारतको नरपथग्राम क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ ।विराटनगरको जुट मिलमा शुक्रबार भएको पहिलो खेलमा वाइआरसीसी विराटनगरले सुनसरी ११ क्रिकेट क्लबलाई ८ विकेटले निराश...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

विराटनगर, ६ जेठ-प्रदेश १ मंगलबार मध्यान्नसम्म ११ जना कोभिड १९ का संक्रमित थपिएका छन् । झापाका ९ जना र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।...

२ वर्षमा प्रदेश १ मा विदेशी लगानी भित्र्याउन सरकार सफलः मुख्यमन्त्री राई

विराटनगर, माघ ३–प्रदेश नम्बर एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले दुईवर्षको छोटो समयमा जनताको मन जित्न सफल भएको बताएका छन् । विराटनगर स्थित मुख्यमन्त्री कार्यालय परिसरमा आज विहान आयोजित प्रदेश सरकारको दोश्रो वार्षिकउत्सव...

लायन्स क्लब हेल्थ प्रोफेसनलले मनायो स्थापना दिवस

विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले स्थापना दिवस मनाएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।जुलाई १२ का दिनलाई स्थापना दिवस (चार्टर्ड डे) का रुपमा लायन्स क्लब...

समाजसेवी दीनबन्धु गोयललाई भव्य नागरिक अभिन्दन

विराटनगर । प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ । वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई...

अर्किड स्कुलमा एसईई दिइएका विद्यार्थीहरुलाई भव्य विदाई

विराटनगर । विराटनगर १० स्थित अर्किड स्कुलले एसईई परीक्षा दिइसकेका ३९ जना विद्यार्थीहरुलाई आइतबार एक भव्य समारोहको आयोजना गरी विदाई गरेको छ।स्कुलका प्रिन्सिपल सिएम श्रेष्ठका अनुसार विराटनगरको श्रीकृष्ण पार्टी प्यालेसमा आयोजित कार्यक्रममा वर्षभरि विभिन्न विधामा...

औषधी व्यवस्था विभाग विराटनगरमा हेल्प डेक्स संचालन

विराटनगर, ७ असोज-नेपाल औषधी व्यवस्था विभाग विराटनगर शाखा कार्यालयमा सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा लिन सहजता प्रदान गर्ने उद्देश्यले हेल्प डेक्स संचालनमा आएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ, झापा र सुनसरीले संयुक्त...

नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ । उपभोक्तालाई सो फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्