राशिफल

२ वर्षमा प्रदेश १ मा विदेशी लगानी भित्र्याउन सरकार सफलः मुख्यमन्त्री राई

 न्यूज विराट
२ वर्षमा प्रदेश १ मा विदेशी लगानी भित्र्याउन सरकार सफलः मुख्यमन्त्री राई

विराटनगर, माघ ३–प्रदेश नम्बर एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले दुईवर्षको छोटो समयमा जनताको मन जित्न सफल भएको बताएका छन् । विराटनगर स्थित मुख्यमन्त्री कार्यालय परिसरमा आज विहान आयोजित प्रदेश सरकारको दोश्रो वार्षिकउत्सव कार्यक्रममा वोल्दै उनले यस्तो बताएका हुन् ।

प्रदेश प्रमुख प्यासीले शान्ती सुरक्षा, विकाश निर्माण , सुशासन तथा समवृद्धी कायम गर्न प्रदेश सरकार सफल भएको बताए । उनले आगामी दिनमा पनि सरकारले आफनो कामकार्वाहीलाई प्रभावकारी रुपमा अगाडी वढाउदै जानुपर्नेमा जोड दिए । सो अबसरमा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले सिमित साधन श्रोतका वावुजुदपनि प्रदेश सरकारको दुईवर्षे कार्यकाल उल्लेखनिय र परिणाममुखी भएको बताए ।

‘प्रदेश सरकार स्थापनाकाबेला हामीले गुन्द्री र पिरामा बसेर काम गर्नु पर्यो । थुप्रै समस्याहरु थिए । संघियता कार्यान्वयन शुन्यबाट सुरु भयो । यो अवधिमा हामीले विकासको जग बसाई सकेका छौँ ।’ उनले भने,‘प्रदेश सरकारले कानुन निर्माण देखी जनताको न्युुनतम आकांक्षा पुरागर्दै विकाश निमार्णको कामलाई समेत गति दिन सफल भएको छ । प्रदेशिक संरचना व्यवस्थित गर्दै प्रदेश न १ मा स्वदेशी तथा विदेश लगानी भित्राउन प्रदेश सरकार सफल भएको छ ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले लगानी सम्मेलन आयोजनगर्न लागेको जानकारी दिए । उनले सो अवधीमा प्रदेश सरकारले २७ किलोमिटर कालोपत्रे, १ सय २९ किलोमिटर ग्रभेल, १० वटा ठुलाठुला मोटरेवल पुल, १५ वटा झुलुंगेपुल तथा १ सय १० वटा खानेपानी योजना प्रदेशमाा सम्पन्न गर्नुुका साथै जनता आवास कार्यक्रम अन्र्तगत १ सय ७१ वटा पक्कि घरहरु समेत निर्माण गरेको जानकारी दिए । २०७४ साल फागुन ३ गते प्रदेश १ सरकार गठन भएको थियो ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...