लायन्स क्लब हेल्थ प्रोफेसनलले मनायो स्थापना दिवस

 न्यूज विराट
लायन्स क्लब हेल्थ प्रोफेसनलले मनायो स्थापना दिवस

विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले स्थापना दिवस मनाएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।
जुलाई १२ का दिनलाई स्थापना दिवस (चार्टर्ड डे) का रुपमा लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनले मनाउँदै आएको छ ।
सोही अवसरमा क्बलका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
लायन्स अन्तर्राष्ट्रिय ३२५ सि का गभर्नर विकास अधिकारी प्रमुख अथितिमा भएको उक्त कार्यक्रममा डिष्ट्रिक्ट सचिव उदय नारायण बराल, कोषाध्यक्ष रमेश खत्री, रिजन चियर पर्सन एकता थापा, क्लवका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, पुर्व अध्यक्षहरु हैदर अलि, डा. सुनिल रेग्मी र क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष अनिल शर्मा चौधरीले कार्यकालको शुरुआत जुलाई १ देखि १२ सम्म सामाजिक कार्य गरेर अगाडी बढेको बताए । क्बलले रक्तादन, विद्यार्थीलाई भोजन, निःशुल्क उच्चरक्तचाप, मधुमेह तथा लिपिड प्रोफाईल परिक्षण, गभर्नरले आवहान गरे अनुसार राष्ट्रिय ड्युज र संगै अन्तर्राष्ट्रिय ड्युज पनि बुझाएका थिए । त्यसैगरी बृक्षारोपण,आखाँको शल्यक्रिया गर्नका लागि विपन्न विमारीलाई आर्थिक सहयोग, रामलाल गोल्छा आँखा अस्पतालको सहयोगमा गढि ३ छिटहा सुनसरीमा निःशुल्क आँखा शिविर, क्यान्सर पीडितलाई सहयोगलगायतको कार्यक्रम गरिएको अध्यक्ष शर्माले बताए ।
कार्यक्रममा गभर्नर विकास अधिकारीले क्लवका गतिविधिलाई उच्च मुल्यांकन गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष चौधरीलाई अन्तर्राष्ट्रिय निर्देशकका पिनले सम्मान गरेका थिए ।

सम्बन्धित समाचार

काठमाडौं हिँडेका ११ पाकिस्तानी सिन्धुलीबाट फिर्ता

सिन्धुली, २७ वैशाख-बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुँदै काठमाडौं जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो । सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ...

समाद–२ गिती भिडियो एल्बम विराटनगरमा लोकार्पण

विराटनगर, २४ माघ । राजवंशी चलचित्रकर्मी समाद समितिले समाद–२ नामक गिती भिडियो एल्बम लोकार्पण गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समाद २ को लोकार्पण गरे । समाद समितिले निर्माण...

कोरोनाबारे ‘टेलिमेडिसिन’ सेवा दिन ‘चिकित्सक फोकल पर्सन’

काठमाडौं, २४ कात्तिक-कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ ।मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी सो सेवा सुरु गरेको मन्त्रालयका...

कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समितिकाे बैठक बस्दै

काठमाडौं, ६ जेठकोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको रहेको समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । बैठकमा क्वारेन्टाइनमा...

विराटनगरबाट सट्टाबाजी गर्ने तनी पक्राउ

विराटनगर, ३ कात्तिक–छिमेकी मुलुक भारतको युएइमा जारी इन्यियन प्रिमियर लिग (आईपीएल) मा सट्टाबाजी खेलाउने विराटनगरका तीन जना पक्राउ परेका छन् । आइपिएलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ...

उडान सञ्चालन योग्य अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, १९ जेठ-कोभिड-१९ को प्रभावले २ महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान...

वीर अस्पतालमा दैनिक ५ सयको कोरोना परीक्षण

काठमाडौं, २ साउन-वीर अस्पतालले दैनिक ५ सयको कोरोना परीक्षण गर्ने भएको छ । ३४ लाखमा नयाँ मेसिन ल्याएपछि वीरले दैनिक ५ सयको परीक्षण गर्ने भएको हो । ‘नयाँ मेसिन ल्याएका छौँ । अहिले १ सय ५०...

कृषि विकास बैंकद्वारा महानगर र हाम्रो समाजलाई डस्विन प्रदान

विराटनगर । कृषि विकास विराटनगर शाखाले विराटनगर महानगरपालिका र हाम्रो समाजलाई डस्विन प्रदान गरेको छ ।विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरलाई केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर डस्विन प्रदान गरिएको कृषि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्