नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

 न्यूज विराट
नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

काठमाडौं, ११ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आउनुभएका भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलालाई आज साँझ राष्ट्रपति निवासशीतल निवासमा भेट दिँदै उक्त आग्रह गरेकी हुन् । राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको जानकारी दिए ।

यसअघि भारतीय विदेश सचिव श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भटेका थिए । आजै दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो । रासस

सम्बन्धित समाचार

भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...

नेपाल घरेलु तथा साना उद्योग महासंघ र सिटिजन बैंकबीच सम्झौता

विराटनगर, २८ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र सिटिजनन बैंकबिच सम्झौता भएको छ । महिला उद्यमीहरुका लागि सहुलियत कर्जा उपलब्ध गराउने विषयमा महासंघ र बैंकबिच सम्झौता भएको हो । सम्झौता पत्रमा...

आजदेखि स्वस्थानी व्रत सुरु

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु भएको छ । व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने छ । आजदेखि माघ स्नान गर्ने र घरमा सात्विक भावले भक्तिपूर्वक श्रीस्वस्थानीको पूजा आराधना गरी...

मेची पर्यटन महोत्सवमा निकालियो कलशयात्रा

विराटनगर, फागुन ९–भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सुरु गरिएको पाथीभरा म्याराथुन तथा मेची पर्यटन महोत्सवको पहिलो दिन आज कलशयात्रा निकालिएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङको तोक्मेडाँडाबाट नौमती बाजासहित कलशयात्रा निकालिएको हो । बिहान ८...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचनासहित)

काठमाडौं, १८ माघ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाले बढाएर काठमाडौ (निगमको डिपो क्षेत्रको...

जिल्ला सहकारी संघ मोरंगको अधिवेशनः ५ दलीय गठबन्धनका उम्मेदवारलाई एमालेका एक्ला उम्मेदवारले चटाए धुलो

विराटनगर, २८ पुस । जिल्ला सहकारी संघ लिमिटेड मोरंगको अध्यक्षमा डिल्ली पोखरेल निर्वाचित हुनु भएको छ । उहाँले अध्यक्षका प्रत्यासी वीरेन्द्र यादवलाई २९ मत अन्तरले पराजित गर्नुभएको थियो । पोखरेलले १५६ मत प्राप्त गर्नुभयो भने...

१२ कक्षाको परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं, ३० भदौ । कोरोना महामारीका कारण पटक-पटक स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बोर्डले आजदेखि असोज ८ गतेसम्म होम सेन्टरबाटै दिन मिल्ने गरी परीक्षा तालिका प्रकाशन गरेको थियो ।...

विराटनगरमा गाउँघर क्लिनिकको सेवा विस्तार

विराटनगर । विराटनगर महानगरपालिकामा पहिलो पटक वडास्तरमा गाउँघर क्लिनिकको सेवा विस्तार गरिएको छ । सेवाको विस्तार विराटनगर ८ बाट गरिएको हो । विराटनगर ८ मा प्रत्येक महिनाको ९ र १० गते गाउँघर क्लिनिकको सेवा प्रवाह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्