१२ कक्षाको परीक्षा आजदेखि सुरु हुँदै

 न्यूज विराट
१२ कक्षाको परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं, ३० भदौ । कोरोना महामारीका कारण पटक-पटक स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बोर्डले आजदेखि असोज ८ गतेसम्म होम सेन्टरबाटै दिन मिल्ने गरी परीक्षा तालिका प्रकाशन गरेको थियो ।

कोरोना महामारीका कारण लकडाउन लागू भएपछि गत बैशाखमा हुनुपर्ने परीक्षा स्थागित भएको थियो । त्यसपछि साउन ३१ देखि भदौ ९ गतेसम्मका लागि निर्धारण गरिएकोमा संक्रमण दर कम नभएको भन्दै पुनः स्थगित गरिएको थियो ।

आजदेखि सुरु हुने परीक्षा विद्यार्थीले होम सेन्टर अर्थात् आफू अध्ययनरत विद्यालयबाटै दिन पाउनेछन् । विहान ११ बजेदेखि परीक्षा सुरु हुनेछ ।

स्वास्थ्य मापदण्ड पालना गरी होम सेन्टरबाट परीक्षा लिइने तथा कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै राखेर परीक्षा लिने व्यवस्था मिलाइएको छ ।

परीक्षा बोर्डका अनुसार यसवर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थी ३ लाख ७४ हजार छन् । भौतिक रुपमै परीक्षा लिने तयारी भएपछि गत महिना नै १८ वर्ष पुगेका विद्यार्थीलाई प्रवेशपत्र देखाएर कोरोना खोप लगाउने व्यवस्था गरिएको थियो ।

सम्बन्धित समाचार

कोरोनाको कहरः टर्कीका गृहमन्त्रीले दिए राजीनामा

एजेन्सी, बैशाख १-टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गराउन असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । सुलेमान राष्ट्रपति रिसेप तैयप एर्दोआनका निकट सहयोगी मानिन्छन् । टर्कीले सबै ३१ सहरमा लकडाउन घोषणा गरेको थियो ।...

कोशी प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशक ामुख्यमन्त्री उद्धव थापाले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राज्यमन्त्रीमा नियुक्त भएका मण्डलले...

विराट एक्स्पोको तयारी पुरा, ३६१ वटा स्टल रहने

विराटनगर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी...

विविद्य कार्यक्रम गरी विराटनगरमा जेसीज सप्ताह मनाइदै

अंकित पोखरेल विराटनगर । विराटनगर जेसीजले ‘जेसीज सप्ताह २०२२’ विविध कार्यक्रम गरी मनाउने भएको छ । विराटनगर जेसीजले विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी विगतका वर्षहरु झै यसपटक पनि जेसीज सप्ताह कार्यक्रम गर्ने जानकारी गराएको हो...

मेरील्याण्ड कलेजमा भब्य भयो अभिमुखीकरण

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका कक्षा ११ का...

युवा सामाजिक अभियन्ताद्वारा विराटनगरमा दुई सय परिवारलाई खाद्यान्न वितरण

विराटनगर, २३ जेठ । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएको अवस्थामा विराटनगरका सामाजिक अभियन्ताहरुले आज यहाँ खाद्यान्न वितरण गरेका छन् । म्याप ट्राभल एण्ड टुर्स विराटनगर–११ र विजय ट्रेर्डस –६...

प्रदेश १ की सामाजिक विकास मन्त्री राई भन्छिन्ः प्रतिकुलतालाई अनुकुलतामा बदल्नुपर्छ

विराटनगर, ५ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताएकी छन् । कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उनले बताइन् ।...

संसद् महासचिवमा डा. गौतम नियुक्त

काठमाडौं, २२ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गरेकी छिन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा. गौतमलाई महासचिवमा नियुक्त गरिएको हो । राष्ट्रपति कार्यालयका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्