मन्त्रिपरिषद्को आधिकारिक पत्र भने प्रहरी प्रधान कार्यालयमा नपुगेको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुवेरसिंह कठायतले जानकारी दिए । ‘थप भएको सूचना मैले पनि सुनेको हो । तर, आधिकारिक पत्र आइपुगेको छैन्,’ उनले भने ।
यसअघि सरकारले चैतमा २६ डीआईजीको दरबन्दी रहेको प्रहरीमा १२ दरबन्दी कटौती गरेर १३ मात्रै कायम गरेको थियो । बिनाअध्ययन डीआईजीको दरबन्दी कटौती गरेको भन्दै प्रहरीमा त्यसको विरोध भएको थियो । पूर्वआईजीपी ठाकुरप्रसाद ज्ञवाली र गृहसचिव महेश्वर न्यौपानेको व्यत्तिगत ‘टसल’का कारण डीआईजीको दरबन्दी कटौती भएको थियो ।