
विराटनगर, जेठ २०–सुनसरीको इटहरी २० तरहराका एक युवाको हत्या गरि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले तरहराका २८ वर्षीय राजन राईको हत्या गरि फरार रहेका तीन जनलाई खनार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मुख्य अभियुक्त प्रज्वल तामाङसहित सहयोगीहरु अभिषेक पौडेल र अभिषेक गिरी रहेका छन् । सामान्य विवादको क्रममा तीन जना मिलेर राजनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरकिा डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।