राशिफल

बिद्यार्थीको सेवक बन्न चाहन्छु : आशिका लम्साल

 न्यूज विराट
बिद्यार्थीको सेवक बन्न चाहन्छु : आशिका लम्साल

आशिका लम्साल विराटनगर स्थित महेन्द्र मोरंङ क्याम्पस विराटनगरबाट पत्रकारितामा स्नातक गरेर जनप्रशासन अध्यरत छिन् । आशिका जुझारु मात्र नभएर प्रस्ट सचेत चेत भएकी निडर र सक्रृय बिद्यार्थी हुन् । कक्षा ११ देखी नै पत्रकारिता पढेर स्नाताक उत्तिर्ण आशिका आर्थिक अवस्था कमजोर भएपनि सक्रिय पत्रकारिता छाडेर बिद्यार्थीका लागि नेतृत्ब गर्न अग्रसर भएकी छन् । निम्न मध्यमबर्गीय परिवारमा जन्मिएकी आशिका कक्षा १ देखी नै सामुदायिक बिद्यालयमा पढेर उच्च शिक्षा सम्म आइपुगेकी हुन् ।
हाल ५ चैतमा सम्पन्न हुने स्ववियु निर्वाचनमा उनी सचिव पदको उम्मेदवार छिन् । आफनो लगनशिलता, प्रस्ट वाकपटुता अनि निडर र अध्यनशिल स्वभावले गर्दा उनी सर्वत्र चर्चामा छिन् । प्रस्तुत छ सचिव पदकी उम्मेदवार आशिकासँगको कुराकानी
:

पत्रकारितामा स्नताक गरेर सक्रिय पत्रकारिता गर्नुपर्ने तँपाई एकाएक नेता बन्ने यात्रामा किन लाग्नु भएको ?
– हो,मैले कक्षा ११ देखी नै पत्रकारिता पढे र गरें पनि । प्रदेशका मात्र नभएर काठमाण्डौका मिडियाहरुमा पनि मेरा समाचार फिचर छापिए । मैले पत्रकारितामा पढाई पुरा गर्ने मात्र हैन नेपाल प्रेस ईन्र्यस्टिच्युट , पत्रकार महासंघ , खोजपत्रकारिता केन्द्रबाट पनि विभिन्न तालिमहरु लिएँ । पत्रकारितामै मास्टर्स गर्ने धोको पनि थियो । तर कोसी प्रदेशमा पत्रकारितामा डिग्री पढाउने कलेज नै थिएन । हाम्रो क्षमताले काठमाण्डौ जाने समथ्र्य पनि थिएन । यसैले मैले पढदै गरेको महेन्द्र मोरङ क्याम्पसमै युटर्न गरेर एमपिए ज्वाँईन गरे । म सुरुदेखी नै बिद्यार्थी हकहितमा केही गर्नुपर्छ भन्ने पक्षमा थिएँ । स्ववियु निर्वाचन घोषणा भएपछि मैले पनि बिद्यार्थी हकहितमा केही गर्ने अवसर सदुपयोग गर्नुपर्छ भनेर सचिवमा उम्मेदवारी दिएको हुँ । म नेता हैन बिद्यार्थीको सेवक बन्न चाहन्छु । र , व्यवहारबाट प्रमाणित पनि गरेर देखाउने छु । नेता बन्ने यात्रामा हिडिरहनुपर्छ भन्ने पुरानो सोच मेरो फिटिक्कै छैन ।

तँपाईको नेतृत्वमा आउने पुर्व पृष्ठिभुमि खुलाइदिनुहुन्छ ?
– म बिद्यालय तहदेखी नै स्काउटमा सक्रिय थिएँ । स्काउटका हरेक गतिबिधिमा म सधै दत्तचित्त भएर लाग्थे र अहिले पनि लागिरेको छु । देशबिदेशका कार्यक्रमहरुमा सहभागीता जनाए । हाल म स्काउटको प्रशिक्षक पनि भैसकेको छु । यसैले मेरो आत्मबल सधै उच्च हुनेगर्छ । म जिम्मा लिएको काम जसरी पनि पुरा गरेरै छाडछु । क्याम्पसमा पढन आएपछि यहाँको बेथिती देखर म चुपलागेर बस्न सकिन । यसैले आफनो बर्गीय पक्षधरता अनुसार म अनेरास्ववियु अखिल क्रान्तिकारीमा आवद्ध भएँ । संगठन गर्न सक्रृय भएँ । जसले मलाई बिद्यार्र्थी हकहितमा लाग्न थप उर्जा दियो । र , मैले स्ववियुको नेतृत्वका लागि पनि योग्य ठाने । र मलाई संगठनले पनि अवसर प्रदान गरयो ।


तँपाईले अखिल क्रान्तिकारीबाट उम्मेदवारी दिनुभएको छ । तर नेविसंघ, अनेरास्ववियु , अनेरास्ववियु एस , जनतमत पार्टी सबैले सचिव पदमा उम्मेदवारी दिएका छन् । यस्तो कडा प्रतिस्पर्धामा तपाई कसरी बिजयी हुनुहुन्छ, आधार के छ ?
– बिद्यार्थीहरुको हकहितमा निरन्तर , निस्वार्थ , दत्तचित्त भएर लागिपर्नु मै मेरो जितको मुल आधार हो । अर्कोतिर मेरो सबैसँग समन्वय गरेर चल्ने स्वभाव भएकोले मलाई सबैले मनपराउनुहुन्छ । मलाई मात्र हैन हाम्रो टिम कुरामा हैन काममा विश्वास गर्छ । यसैले अरु प्रतिस्पर्धीहरुसँग मेरो र हाम्रो टिमको तुलना हुन सक्दैन । अर्को मैले सबैलाई समन्वय गरेर अगाडी बढेको र छात्राहरुको साझा समस्यालाई मुख्य एजेण्डा बनाएको छु । खस आर्यहरु मात्र नभएर मधेशी , आदिबासी जनजाति, दलित र सिमान्तकृत बिद्यार्थीहरुको समस्यालाई नजिकबाट देखेकी भोगेकी छु । यसैले म भुक्त्तभोगी भएकोले पनि सबैको नजरमा छु । यसबाहेक हाम्रो संगठनले तय गरेका प्रतिबद्धताहरु पनि जितका मुख्य आधार हुन् ।


तँपाईको संगठन अखिल क्रान्तिकारी र जनता समाजबादी बिद्यार्थीको एकता भएको छ । यो एकता कत्तिको बलियो छ ? अन्य मधेशी बिद्यार्थी संगठन पनि प्रतिस्पर्धामा छन् नि ?
– हाल सबैभन्दा बलियो एकता नै हाम्रो हो । हामी प्रतिबद्ध छौ । हाम्रो संगठनका अध्यक्ष , म अनि अन्य पदाधिकारी र सदस्यहरु सबै जुझारू छौ । कहिल्यै बिबादमा आएका छैनो । सधै बिद्यार्थी हकहितमै दत्तचित्त भएर लागिपरेका छौ । पारदर्शीता हाम्रो मुलमन्त्र हो । यसैले अन्य संगठनहरुसँग हाम्रो तुलनै हुनसक्दैन । अव चुनावमा प्रतिस्पर्धा गर्न आउनु त सबैको लोकतान्त्रिक अधिकार हो नि ।

तँपाईको प्रेरणाको स्रोत के हो ?
– मेरो प्रेरणाको स्रोत मेरा बाबा र मम्मी अनि मेरा अग्रज गुरु र आर्दश नेताहरु हुन । जसलाई नजिकबाट भोगेर , पढेर , बुझेर अनि सुनेर मैले आफनो बर्गीय विचारलाई प्रस्ट बनाउन सके । पढाईसँगै सगठनमा आवद्ध भएर आफनो नेतृत्वमा निखार ल्याउने अवसर पाएँ । र, बिद्यालयदेखी नै स्काउट र संगठनमा आवद्ध भएर बिद्यार्थी हकहितमा लागिपर्न पाएँ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...