संघीयता मबजुत बनाउन जनताको साथ अपरिहार्य छ : मन्त्री मोदी

 न्यूज विराट
संघीयता मबजुत बनाउन जनताको साथ अपरिहार्य छ : मन्त्री मोदी

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयतालाई मजबुत बनाउन जनताको साथ अपरिहार्य रहेको बताएका छन् । मोरङको कटहरी-७ र धनपाल-५ जोड्ने लोहन्द्रा खोला झोलुङ्गे पुलको उद्घाटन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

‘संघीयतालाई थप बलियो र मजबुत बनाउनका लागि जनताको साथ अपरिहार्य छ । संघीयताको समस्या केलाउँदै समाधान गरी यसलाई थप बलियो र सुदृढ बनाउनुको विकल्प छैन’ संघीयताका सन्दर्भका कतिपय राजनीतिक दल र व्यक्तिहरुले प्रश्न उठाइरहेको प्रसंग कोट्याउँदै उनले भने, ‘संघीयता कार्यान्वयनका सन्दर्भका केही कमजोरी देखियो होला, तर संघीयता र गणतन्त्रको विकल्प उन्नत र बलियो संघीयताबाहेक अरु हुन सक्दैन ।’

त्यस्तै, समानुपातिक समावेशीता जस्ता संवैधानिक प्रावधानकै कारण सबैको राज्य सत्तामा पहुँच भएको आफ्नो समेत उदाहरण दिँदै मन्त्री मोदीले भने, ‘एउटा गरिब थारुको छोरा यही संविधानमा व्यवस्था भएको समानुपातिक समावेशिता कारण मन्त्री बनेको छु, अहिले स्थानीय तहका प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनैपर्ने प्रावधान छ, स्थानीय तहमा दुई जना महिला त्यसमा पनि एक जना दलित अनिवार्य गरेको छ, योभन्दा उन्नत प्रावधान र व्यवस्था अरु हुन सक्दैन ।’

मन्त्री मोदीले सरकार संघीयताको प्रभावकारी कार्यान्वयन र सुदृढीकरणको दिशामा अगाडि बढिरहेकोसमेत बताए । त्यसैगरी सामाजिक न्यायसहित सुशासन कायम गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि लैजाने उद्देश्यसहित सरकारले काम गरिरहेको उनको भनाई थियो ।

उनले थप्दै भने, ‘सरकारले अहिले भ्रष्टचार निर्मुल गरी सुशासन कायम गर्ने र विकास र समृद्धिमार्फत् जनजीविकामा परिवर्तन ल्याउनेगरी काम गरिरहेको छ । जनताको जीवनस्तर उकास्नेगरी कार्यक्रम अगाडि बढाउने दिशामा यो सरकार क्रियाशील छ ।’

सम्बन्धित समाचार

पूर्वमन्त्री यादवले गरिदिए ५० पत्रकारको कोरोना बिमा

जनकपुरधाम, २३ जेठ-नेपाल पत्रकार महासंघ धनुषाले जिल्लाका ५० पत्रकारको कोरोना बिमा गरेको छ । बिमाको लागि आवश्यक रकम भने पूर्वमन्त्री एवं संघीय सांसद मातृकाप्रसाद यादवले गरेका हुन् । कारोना महामारीको उच्च जोखिममा रहेर आम नागरिकको...

झापाबाट ब्राउनसुगर सहित तिन जना पक्राउ

विराटनगर, ३ जेठ । झापाको झापा गाँउपालिका–२ बाट लागुऔषध ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाँउपालिका–२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा–१ का...

इलाममा कोरोना संक्रमणका कारण एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु

इलाम, २५ असार । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका- ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।...

पशुपतिमा भक्तजन प्रवेश गराउन विशेष तयारी

काठमाडौं, ११ असार-कोरोना संक्रमण जोखिम बढेपछि भक्तजनलाई प्रवेश रोकिएको पशुपतिनाथ मूल मन्दिरमा सुरक्षित दर्शनको व्यवस्था गर्ने तयारी भइरहेको छ । सरकारले मठ मन्दिरलाई खुला गरेपछि मात्रै भक्तजनलाई दर्शन गर्न दिने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने...

प्रदेश १ : कोरोना रोकथाम र नियन्त्रणमा भएको खर्च सार्बजनिक

विराटनगर, असार ९–प्रदेश–१ को सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबारको प्रदेश सभा वैठक अबरुद्ध पारेपछि प्रदेश सरकारले खर्च विवरण...

‘तोहर चर्चा ट्रेन्डिग मे गीत.. ’ को छाँयाकन सकियो, लक्ष्मि पुजाको दिन रिलिज

विराटनगर । विराटनगरका संञ्चारकर्मी नविन कर्णले रचना गरेको मैथीलि भाषाको तोहर चर्चा ट्रेन्डिग मे गीत.. को म्यूजिक भिडियोको छाँयाकन सकिएको छ । डान्सिङ गीतको म्यूजिक भिडियो बिहीबार छाँयाकन सकिएको हो । मैथिली अनलाइनको प्रस्तुतिमा निमार्ण...

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ...

कोरोनाबाट २४ घण्टामा ११ जनाको मृत्यु

काठमाडौं, ५ भदौ–शुक्रबार एकै दिन नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा १ महिला र १० पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्