राशिफल

रघुराम श्रीनिवास क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकमा नियुक्त

 न्यूज विराट
रघुराम श्रीनिवास क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकमा नियुक्त

काठमाडौं, १७ माघ । राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टयान्ट प्रशिक्षकमा भारतका रघुराम श्रीनिवास नियुक्त भएका छन् ।

ओमानमा फेब्रुअरी तेस्रो सातादेखि आयोजना हुने आईसीसी टी–२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका रूपमा नियुक्त गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । श्रीनिवास आजै नेपाल आइपुगेका हुन् ।

नेपाली टोलीले आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ । ग्लोबल छनोटमा नेपाल समुह ‘ए’ मा रहेको छ । नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई छन् । आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘क’ मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स तथा समूह ‘ख’ मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । नेपालले आगामी फागुन ६ गते ओमानसँग पहिलो खेल खेल्नेछ । दुवै समूहबाट फाइनलमा पुग्ने दुई टोलीले आगामी अक्टोबरमा अष्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकपमा स्थान बनाउने छन् ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...