इन्टरनेटमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन

 न्यूज विराट
इन्टरनेटमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौं, २४ कात्तिक-सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले सेवाग्राहीको गुनासो तत्काल सम्बोधन हुनेगरी इन्टरनेट सेवाको व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय सूचना प्रविधि केन्द्रसहितका सम्बद्ध निकायलाई सचेत गराएका हुन् ।

‘इन्टरनेट सेवाबारे सेवाग्राहीको ठूलो गुनासो छ,’ सोमबार सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले भने, ‘सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’ उनले हरेक विद्यालय तहमा इन्टरनेट सेवाको विस्तार गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे ।

मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न जरुरी रहेको बताए । चीन, भारत, दक्षिण कोरियालगायतका मुलुक सूचना प्रविधिको विकासबाट सबल राष्ट्र बन्न सफल भएको दृष्टान्त पेश गर्दै उनले त्यसबाट सिकेर प्रविधिको विकास हुने गरी १० वर्षे कार्य योजना बनाएर अघि बढन राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई आग्रह गरे । त्यसका लागि आवश्यक कार्यविधि, निर्देशिका, ऐन, नियमको आवश्यक व्यवस्था मिलाउन आफू तयार रहेको सञ्चारमन्त्री गुरुङको भनाइ थियो ।

मन्त्री गुरुङले सूचना प्रविधिको विकासमा योगदान पुर्‍याउने गरी ‘थिंक टयाङ्क’को निर्माण तथा अनुसन्धानको काममा केन्द्रित हुन पनि सम्बन्धित क्षेत्रलाई विशेष ध्यान दिन आग्रह गरे । उनले सूचना प्रविधिको क्षेत्रमा कार्यरत सरकारी निकायले निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अबल हुने गरी थप सेवा विस्तारको कामलाई अघि बढाउन ढिलाई गर्न नहुने उल्लेख गरे ।

मन्त्री गुरुङले कसैले गुनासो नगर्ने गरी ‘नागरिक एप्स’ संचालन गर्नुपर्ने बताए । सूचना प्रविधिको विकासका लागि त्यस क्षेत्रका विज्ञहरूको सुझावलाई ध्यानमा राखेर कार्यक्रम बनाउनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री गुरुङले त्यसका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

सो अवसरमा बोल्दै मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सूचना प्रविधिको विकास द्रुत गतिका साथ हुने गरी काम गर्न केन्द्रका कर्मचारीलाई आग्रह गरेका थिए भने कार्यकारी निर्देशक सुनिल पौडेलले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्री गुरुङलाई जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

आजदेखि बडादसैँ सुरु, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

विराटनगर । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग...

मिल्स फार्क नकआउट फुटबलको उपाधि रेडस्टारलाइ

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार स्कुलले जितेको छ ।विराटनगरको रानीस्थित जुटमिलको खेल शनिबार सम्पन्न फाइनलमा विराटनगरको मोर्डन एरालाई २–० गोलले हराउँदै रेडस्टारले उपाधि जितेको हो ।जितसंगै रेडस्टारले ५१ हजार...

सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव

विराटनगर, २६ वैशाख ।सुनवर्षी नगरपालिकाका लागि सदानन्द यादव कुनै नौलो मान होइन । उनी आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । युवा अवस्थादेखि नै राजनीतिमा सकृय रहेका...

अध्यागमनले दिने सेवा रोकियो

काठमाडौं, २६ साउन-अध्यागमन विभागले दिँदै आएको सेवा स्थगित गरेको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि विभागले सेवा नै रोकेको हो ।  विभागले जारी गरेको सूचनाअनुसार अर्को सूचना नआएसम्मका लागि विभागले दिँदै आएकाे हालको...

संशोधन अस्वीकतपछि संदनबाट बाहिरकी गिरीले भनिन् : जातीय विभेद राखेर आक्रमण गरियो

काठमाडौं, ३१ जेठ-समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातिय भावनामा राष्ट्रियता जोडेर असन्तुष्ट पक्षलाई आक्रमण गरिएको बताइन् । संविधान संशोधनको विषयमा आफूले राखेको प्रस्तावलाई प्रतिनिधि सभाले अस्वीकृत गरेपछि बाहिरिएकी सांसद गिरीले आफूले आफ्नो धारणा संसदमा राख्न...

आरआरमा नेविसंघ र अखिलबीच झडप

काठमाडौं, फागुन ५–प्रदर्शनीमार्ग्स्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार बिहान अनेरास्ववीयू र नेपाल विद्यार्थी संघका विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर नेविसंघका आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का घाईतेको भएको नेविसंघ महामन्त्री दिपक भट्टराईले...

एनसिडिए मोरङद्धारा शुभकामना आदान प्रदान कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङले चाडपर्व लक्षित शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा बुधबार तिहार, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो...

कोशी प्रदेशसभाको बैठक बुधबार

विराटनगर । कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ । अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्