एनसिडिए मोरङद्धारा शुभकामना आदान प्रदान कार्यक्रम

 न्यूज विराट
एनसिडिए मोरङद्धारा शुभकामना आदान प्रदान कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङले चाडपर्व लक्षित शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा बुधबार तिहार, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य प्रदिप कुमार दासले स्वच्छ, निष्पक्ष र मयार्दित रुपमा व्यापार व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गरेको गरे । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशका उपाध्यक्ष धनबहादुर काफ्लेले चिकित्सकले लेखिदिने पूर्जीमा औषधीको नाम नबुझ्ने तरिकाले लेखिदिदा विरामीलाई औषधी दिन समस्या हुने गरेको बताए । चिकित्सकले विरामीको पूर्जीमा औषधी नाम लेख्दा प्रष्ट तरिकाले बुझनको लागि क्यापिटल अक्षरमा औषधीको नाम लेखिदिन उनले आग्रह गरे । कार्यक्रममा नेपाल फर्मासिस्ट एसोसिएसन कोशी प्रदेशका अध्यक्ष शम्भू साह, नेपाल चिकित्कस संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र चौधरीलगायतले बोलेका थिए ।


संघका अध्यक्ष देशबन्धु ढकालको सभापतिमा भएको कार्यक्रमको संचालन महासचिब अरुण ब्राहमणले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तब्य संघका वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मीले भने संघका उपाध्यक्ष जितु रजकले अतिथिहरुलाई स्वागत सम्मान गरेका थिए । राखेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले एनसिडिए मोरङमा एकताबद्ध भएर व्यवसायीहरुको हकहितमा काम गर्दै अगाडी बढेको बताए । बाहिर बजारमा हल्ला भएजस्तो संघमा कुनै पनि विवाद नभएको भन्दै उनले व्यवसायीहरुको हकहितमा संघ सक्रिय रुपमा अगाडी बढने उनले बताए ।

सम्बन्धित समाचार

हल्लाको भरमा ग्यास अभाव, नयाँ सिलिण्डर किन्नमा रोक

काठमाडौं, चैत ३–बजारमा कोरोना भाइरसको त्रास बढेसँगै खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नयाँ सिलिण्डर बिक्रीवितरणमा रोक लागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले...

निर्माण व्यवसायीको बैंकमा साढे ३ खर्ब ऋण, किस्ता तिर्न नसकेको गुनासो

काठमाडौं, २५ वैशाख-निर्माण व्यवसायीहरुले काम प्रभावित हुँदा करिब साढे ३ खर्ब ऋणको किस्ता तिर्न समस्या रहेको बताएका छन् । बिहीबार संसदको अर्थसमितिमा भएको छलफलमा नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि संहले बैंकबाट लिएको ३ खर्ब...

विराटनगरमा तथ्यांकमा आधारित र प्रविधिमैत्री विकासमा जोड

विराटनगर । तथ्यांकमा आधारित विकासले मात्रै विराटनगरको समग्र विकास हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् । तथ्यांकमा आधारित विकासका लागि विषयविज्ञले तयार पारेको प्रतिवेदन प्रस्तुतीकरणमा विकासविज्ञ डा. सुमनलाल कर्णले तथ्यांकसहित प्रविधिसँग जोडेर विकास गरे लागत...

थप १९८० जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं, ८ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गराउँदा सो संख्यामा संक्रमित थपिएका...

विराटनगर महानगरले गर्यो लकडाउनको घोषणा

विराटनगर, साउन १६–समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ । शुक्रबार बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो...

दुई वर्षदेखि लेखा समिति सभापतिविहीन

जनकपुर, माघ २२–प्रदेश २ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा हुँदा पनि सार्वजनिक लेखा समितिले पूर्णता पाएको छैन । दलहरूको आन्तरिक द्वन्द्वका कारण समितिको सभापति चयन हुन सकेको छैन । समितिको सभापतिमा पूर्वमाओवादी र...

विराटनगरको कवाडीे गोदाममा आगलागी : पाँच जना घाइते, तीन जनाको अवस्था गम्भिर (फोटो फिचर)

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागीमा परी पाँच जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।...

ट्रम्पको निर्णयप्रति आलोचना तीब्र

एजेन्सी, बैशाख ४-अमेरिकाले कोभिड- १९ को सवालमा विश्‍व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले गरेको काममा असन्तुष्टि जनाउँदै आफूले दिँदै आएको सहयोग रोक्ने निर्णय लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो सहयोग रोक्नका लागि आफ्नो प्रशासनलाई निर्देशन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्