संशोधन अस्वीकतपछि संदनबाट बाहिरकी गिरीले भनिन् : जातीय विभेद राखेर आक्रमण गरियो - News Birat

संशोधन अस्वीकतपछि संदनबाट बाहिरकी गिरीले भनिन् : जातीय विभेद राखेर आक्रमण गरियो

न्यूज विराट

काठमाडौं, ३१ जेठ-समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातिय भावनामा राष्ट्रियता जोडेर असन्तुष्ट पक्षलाई आक्रमण गरिएको बताइन् । संविधान संशोधनको विषयमा आफूले राखेको प्रस्तावलाई प्रतिनिधि सभाले अस्वीकृत गरेपछि बाहिरिएकी सांसद गिरीले आफूले आफ्नो धारणा संसदमा राख्न नपाएको भन्दै आफूमाथि जातिय विभेद राखेर आक्रमण गरिएको बताइन् । उनले एकजना महिलाले उठाएको आवाजलाई राष्ट्रियताको नाउँमा अस्वीकृत गर्ने र आक्रमण हुने प्रवृतिले बंगलादेशमा जस्तै महिला जगृत हुने बताइन ।

‘यो राष्ट्रियताका नाउँमा एकजना महिला सांसदमाथि जुन व्यवहार भइराखेको छ यदि यसलाई तपाइहरुले चेक गर्नुभएन भने अनि नबिर्सनुहोस् बंगलादेशको निर्माण कसरी भएको थियो । बंगलादेशको निर्माण महिलाले गरेका हुन् । किनभने त्यहाँ पाकिस्तानी सेनाले बलात्कार गरिरहेका थिए’ उनले भनिन् ‘बोर्सनिया, हर्जगोभिना सबै । जब जातिय भावनामा राष्ट्रियता ल्याइकन कुनै असहमत पक्षलाई आक्रमण गरिन्छ यदि त्यसामा हामी बेलामै सचेत भएनौं भने यसको परिणाम मूलुकको राष्ट्रिय एकताका लागि र मुलुकको राष्ट्रियताको लागि हुँदैन् ।’

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles