पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ डिस्चार्ज, ४०१ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ डिस्चार्ज, ४०१ संक्रमित थपिए

विराटनगर, २० कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा ५ सय ६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट पाँच, जिल्ला अस्पताल संखुवासभामा चार, विराट मेडिकल कलेज, बैजनाथपुर आईसोलेसन, वि.जेनरल अस्पताल हरिनगर र धाईजन आईसोलेसन केन्द्र र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई÷दुई जना डिस्चार्ज भएका हुन । योसँगै प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय ९५ पुगेको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय १ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३४, झापामा १ सय १८, सुनसरीमा १ सय २, उदयपुरमा १५, धनकुटामा ११, इलाममा ३, संखुवासभामा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६२, उर्लाबारीमा १६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा नौ, बेलबारीमा आठ, रतुवामाईमा छ, रंगेलीमा पाँच, लेटाङ र केराबारीमा तीन÷तीन, कटहरीमा दुई, बुढीगंगा, धनपाल, मिक्लाजुङ, ग्रामथान र सुनबर्षीमा एक÷इक जनाको रिपोर्ट पोजिटिभ आएको छ ।  झापाको दमकमा ४८, विर्तामोडमा २९, कमल गाउँपालिकामा नौ, गौरादहमा सात, बुद्धशान्ति, अर्जुनधारा र हल्दिबारीमा पाँच÷पाँच, शिवसताक्षी र भद्रपुरमा तीन÷तीन, कनकाई र मेचीनगरमा दुई÷दुई जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ४८, इटहरीमा २९, बराहक्षेत्र र इनरुवामा छ÷छ, रामधुनी र बर्जुमा पाँच÷पाँच, दुहवीमा दुई र भोक्राहानरसिंहमा एक, उदयपुरको त्रियुगामा १४, उदयपुरगढीमा एक, धनकुटाको धनकुटा नगरपालिकामा १० र साँधुरीगढीमा एक, इलामको चुलाचुलीमा दुई र देउमाईमा एक, संखुवासभाको धर्मदेवी र मादीमा एक÷एक, तेह्रथुमको म्याङलुङमा एक र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ८ सय २ पुगेको छ ।

प्रदेश १ मा बिहिबार १ हजार ४ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ५९ महिला र २ सय ४२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ६६ हजार १ सय ३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

जनकपुरमा सडकमा पैसा फालेर २ महिला फरार, स्थानीय त्रसित

जनकपुर, ५ वैशाख-जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चोकमा २ महिला पैसा फालेर भागेका छन् ।स्थानीयका अनुसार उनीहरु १० र १ सय रुपैयाँको नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका हुन् । ती महिलाले चोकमा रहेको पसलहरुको सटरमा समेत...

पशुपतिनाथको मन्दिर २८ माघदेखि खुल्ने

काठमाडौं, २६ माघ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर २८ माघदेखि खुल्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ...

नेपालमा थप ३१२५ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं, १८ साउन । नेपालमा थप ३ हजार १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप  ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

विराटनगरमा घर भाडामा लिएर ठगीधन्दा, पाँच जना पक्राउ

विराटनगर । विभिन्न अनलाइन ब्याटिङ साइटमार्फत सट्टेबाजीको कारोबार र अनलाइन ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने र ठूलो रकमको चिट्ठा प¥यो भन्दै सर्वसाधारणमाथि अनलाइनमार्फत ठगी...

ड्युटीमा खटिएका प्रहरीमाथि व्यापारीले गरे दुर्व्यवहार

जनकपुरधाम,३० चैत-जनकपुरधामको महावीर चोकमा प्रहरी र व्यापारीबीच विवाद भएको छ । व्यापारीले प्रहरीमाथि दुर्व्यवहार गर्नुका साथै १ जना असइको मोबाइल समेत फोडिदिएका छन् । आइतबार बिहान लकडाउनको पालना नगरी महावीर चोकमा मोटरसाइकलमा मास्क नै नलगाई...

रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

एजेन्सी, १० माघ । रुसले युक्रेनको सिमानामा एक लाखभन्दा सेना जम्मा गरेपछि उत्पन्न विवादका बीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले पूर्वी युरोपका मुलुकमा लडाकु विमान र शिप परिचालन गरेको छ । रुसले युक्रेनमा आक्रमण...

अध्यक्ष कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द

सप्तरी,  २० असोज-सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७...

विराटनगरका कांग्रेस नेता गुप्ताले सुरु गरे श्रीलंकालाई आर्थिक सहयोग अभियान

विराटनगर, २७ असार । विराटनगरका नेपाली कांग्रेसका नेता राजेश गुप्ताले आर्थिक संकट झेलीरहेको श्रीलंकालाई सहयोग अभियान सुरु गरेका छन् । नेपाली कांग्रेस प्रदेश १ का कोषाध्यक्ष रहेका गुप्ताले संकटबाट गुज्रीरहेको श्रीलंकाका लागि आर्थिक सहयोग अभियान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्