आज प्रदेश १ मा ४३ संक्रमित थपिए, ७२० जना डिस्चार्ज

 न्यूज विराट
आज प्रदेश १ मा ४३ संक्रमित थपिए, ७२० जना डिस्चार्ज

विराटनगर, ११ कात्तिक–दशैँ सुरु भएसँगै प्रदेश १ मा कोरोना परिक्षण दर घटेको छ । सोमबार दशैँको टिकाका दिन पनि ५ सय ८१ जनाको पीसीआर परिक्षण भएकोमा मंगलबार १ सय ६४ जनाको मात्र पीसीआर परिक्षण गरिएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परिक्षण गरिएका मध्ये ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ महिला र २५ पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

मंगलबार सुनसरीमा सवैभन्दा बढी ३० जनामा कोरोना पोजिटिभ देखिएको छ । सुनसरीको धरानमा १३ महिला १४ पुरुष, इटहरीमा १ महिला २ पुरुष, मोरङको शुन्दरहरैँचामा २ महिला १ पुरुष, उर्लाबारीमा १ पुरुष, विराटनगरमा १ पुरुष, र कटहरीमा १ पुरुष, झापाको दमकमा २ पुरुष, विर्तामोडमा २ महिला २ पुरुष र भद्रपुरमा १ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ९४ पुगेको छ । ८ हजार ७३ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ र सुनसरीका २÷२ पुरुष रहेका छन् । हालसम्म १ सय १५ जनाको संक्रमणबाट मृत्यु भएकोमा १६ जना प्रदेश १ बाहिरका रहेका छन् ।

प्रदेश १ बाट मंगलबार एकैदिन कोरोना संक्रमण मु्क्त भएर ७ सय २० जना डिस्चार्ज भएका छन् । सुनसरीका १ सय १९ महिला २ सय १३ पुरुष, मोरङका ८४ महिला १ सय ६८ पुरुष, झापाका ७ महिला ३१ पुरुष, धनकुटाका दुई पु्रुष, भोजपुरका १ महिला २ पुरुष, खोटाङका २ पुरुष, उदयपुरका २ महिला १३ पुरुष, सोलुखुम्बु, संखुवासभा, पाँचथर र तेह्रथुमका १÷१ पुरुष, इलामका १० पुरुष, ताप्लेजुङका १ महिला ३ पुरुष, ओखलढुंगाका २ पुरुष र प्रदेश १ बाहिरका १५ महिला र ४१ पुरुष डिस्चार्ज भएका हुन् ।

योसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्यो ९ हजार ४ सय ४६ पुगेको छ । हालसम्म प्रदेश १ मा १ लाख ५५ हजार २ सय ८५ जनाको पीसीआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

नापोलीले जित्यो कोपा इटालियाको उपाधि, युभेन्टस टाइब्रेकरमा पराजित

एजेन्सी, असार ४-नापोलीले कोपा इटालियाको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्टसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले उपाधि जितेको हो । फाइनल खेलको निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि भएको टाइब्रेकरमा नापोली ४–२...

धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २ भदौ-काभ्रेको धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाका अनुसार धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि...

नेपाल एयरलायन्सको भाडादर घट्यो

काठमाडौं, ३१ जेठ-नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी  भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम...

प्रदेश १ मा आज २६ सयको परिक्षण गर्दा ४९८ जनामा कोरोना

विराटनगर, २२ कात्तिक-प्रदेश १ मा शनिबार ४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय २, सुनसरीमा १ सय ३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६÷१६, इलाममा आठ, धनकुटामा तीन, पाँचथर, सोलुखुम्वु,...

महिला उद्यमी सायदासहित चार जना सम्मानित हुने

विराटनगर । महिला उद्यमी सायदा तमसुमसहित चार जना उद्यमीहरू सम्मानित हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समिति मोरङको २० औं साधरणसभामा तमसुमसहित चार...

नगरलाई दलितमैत्री वातावरण बनाई क्षमता अभिवृद्धी गर्न माग गर्दै ज्ञापन

अर्पणा केशी पथरी, असार ९ मोरङको पथरी शनिश्चरे नगरपालिका अन्र्तगत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायलाई समेट्न माग गदै दलित संरक्षण समितीले नगर प्रमुख दिलीप कुमार राईलाई १७ बुदेँ ज्ञापन पत्र बुझाएको छ...

महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । क्लबले हरेक महिनामा सञ्चालन गर्ने “रोटरी आरोग्य मिशन” प्रोजेक्ट अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...

प्रदेश १ का स्थानीय तहमा सवैभन्दा धेरै भ्रष्टाचार

विराटनगर, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश स्तरको बार्षिक प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुखलाई बुझाएको छ । आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा अख्तियारको कार्यलय इटहरीले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई आर्थिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्