
एजेन्सी, असार ४-नापोलीले कोपा इटालियाको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्टसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले उपाधि जितेको हो । फाइनल खेलको निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि भएको टाइब्रेकरमा नापोली ४–२ ले विजयी भएको हो ।
पछिल्लो ६ सिजनमा नापोलीले पहिलोपटक प्रमुख उपाधि जितेको हो । युभेन्टसका पाउलो डिबालाको पेनाल्टी नापोलीका गोलरक्षकले बचाएका थिए भने डानिलोको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।