नेपाल एयरलायन्सको भाडादर घट्यो

 न्यूज विराट
नेपाल एयरलायन्सको भाडादर घट्यो

काठमाडौं, ३१ जेठ-नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी  भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ ।

नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम प्रयासस्वरुप सो निर्णय लिइएको निगमले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले आजै मन्त्रालयमा छलफल गरी हालको प्रस्तावित हवाई भाडादरमा पुनरवलोकन गर्न  निगम र हिमालयन एयरलाइन्सलाई अनुरोध गरेका थिए ।

विभिन्न देशमा रहेका नेपालीका पिरमर्कालाई ध्यानमा राखी निगमले यस विषम परिस्थितिमा मुनाफाभन्दा पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै चार्टर उडानको भाडादर घटाउने निर्णय लिएको स्पष्ट गरेको छ  ।

सो निर्णयबाट विशेष गरी खाडी राष्ट्र, मलेसिया र साइप्रसमा रहेका नेपाली नागरिकलाई प्रत्यक्ष राहत पुग्ने विश्वास लिइएको जनाउँदै निगमले आफू सम्पूर्ण नागरिकको सेवामा सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ । रासस 

सम्बन्धित समाचार

प्रदेश १ मा कामदारका लागि दक्षता परियोजना सुरु हुँदै

विराटनगर, २३ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धि गरिने भएको छ । कामदारमा दक्षता अभिबृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले प्रदेश १ मा परियोजना स्ुरु हुन लागेको हो । कृषि, पर्यटन र निर्माण...

कोरोनाको नमुना परीक्षणको दायरा बढाउँदै

सरकारले कोरोना भाइरसको नमुना परीक्षणको दायरा बढाउँदै लगिएको जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कोरोना भाइरसको नमुना परीक्षणलाई तीव्रता दिएको बताएका हुन् । उनले नेपालमा कोरोना भाइरसको रोकथामबारेको मिडिया ब्रिफिङका क्रमाम यस्तो...

लक्षण नभएकालाई अस्पताल भर्ना नगरिने

काठमाडौं, ५ भदौ-अब लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमै राखिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले लक्षण नभएका र सामान्य लक्षण नभएका व्यक्ति...

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १६ असार-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य २ रुपैयाँ बढाएको हो । योसँगै पेट्रोलको मूल्य बुधबारबाट काठमाडौंमा १०१ रुपैयाँ प्रतिलिटर र डिजेल/मट्टीतेलको मूल्य...

‘संसदीय मूल्य र मान्यतालाई व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्छ’  

काठमाडौं, १६ असार-प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य र मान्यतालाई व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् । संसद दिवसको अवसरमा आज...

साढे १७ लाखको काठ घोटला प्रकरण : पक्राउ पुर्जी जारी भएको सूचना चुहावट भएपछि वनका अध्यक्ष फरार

विराटनगर । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको ९५५ क्युफिट काठ घोटला गरेको आरोप लागेको वनका अध्यक्ष छत्रबहादुर लिम्बु फरार भएका छन् ।डिभिजन वन कार्यालयले लिम्बु विरुद्ध पक्राउ पुर्जी जारी गरेको सूचना...

कोशी प्रदेश : भागबन्डा मिलाउन मुख्यमन्त्रीको शपथग्रहण सर्यो, आज पाँच बजे गर्ने तयारी

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सत्ता गठबन्धनदल भित्र भागबन्डा मिलाउनको लागि सारिएको छ । यसअघि आज १० बजे हुने भनिएको शपथग्रहण कार्यक्रम आज साझ ५ बजेसम्का लागि सारिएको हो । थापालाई...

उपत्यकामा आज ५९४ जनामा कोरोना संक्रमण

मंगलबार काठमाडौं उपत्यकामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ६३ महिला र ३ सय ३१ पुरुष हुन् । आज देशभर ८ हजार ९ सय ४७ को...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्