आज २९४२ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ९२ हजार नाघ्यो

 न्यूज विराट
आज २९४२ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ९२ हजार नाघ्यो

काठमाडौं, २ कात्तिक-गत २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । जसमध्ये ३९ हजार ३ सय ४१ जना सक्रिय संक्रमित हुन् । आज देशभर १४ हजार ८ सय ७५ जनाको पीसीआर गरिएको छ ।

पछिल्लाे २४ घण्टामा २ हजार ३ सय २६ जना डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । आइतबार १० जना संक्रमितको मृत्यु भएको स्वास्थ्ष् तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित मृतकको संख्या ७ सय ३९ पुगेको छ ।

सम्बन्धित समाचार

परदेशी – २ को प्रमोशनमा अभिनेता प्रकाश र अभिनेत्री वर्षा मेरिल्याण्डमा

विराटनगर । विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी –२ चलचित्रका कलाकारहरू आइपुगेका छन् । यही शुक्रबारदेखि प्रदर्शनमा आउने परदेशी – २ चलचित्रको प्रचार प्रसाद गर्दै देश दौडाहमा हिडेका अभिनेता प्रकाश सपुत, अभिनेत्री...

आजदेखि सर्वोच्चमा गोलाप्रथाबाट इजलास तोकिँदै

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतको इजलास निर्धारण गर्दा प्रधानन्यायाधीशको एकल आजदेखि तोडिँदै छ । अब न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास पाउनेछन् । आधुनिक नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट हुन लागेको गोलाप्रथा प्रक्रियाको माग गरी सर्वोच्चका न्यायाधीशहरु एक...

युवा संघ विराटनगरका अध्यक्ष लामाविरुद्ध ‘शरीर बन्धक’ कसुरमा उजुरी

विराटनगर । नेकपा एमालेका भातृ सङ्गठन युवा संघ नेपाल विराटनगरको अध्यक्ष किरण लामाविरुद्ध अपहरण, शरीर बन्धक, मिटर ब्याज र फिरौती कसुरको जाहेरी परेको छ । विराटनगर महानगरपालिका–११ बस्ने ३३ वर्षीय लामाविरुद्ध विराटनगर–८ का ३४ वर्षीय नवल...

तत्काल संसद् बैठक बोलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ३० मंसिरमा जारी अध्यादेश संविधानको मर्म र भावनाविपरीत...

संसद पुनर्स्थापनाका लागि कांग्रेसले झण्डा उठाओस :योगेश भट्टराई

विराटनगर, १६ माघ । नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसले किन झण्डा उठाउन सक्दैन भनेर प्रश्न गरेका छन् । शुक्रबार विराटनगरमा आयोजित विरोधसभा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले असंवैधानिक...

कोशी प्रदेशको नामकरण छलफलको माध्यमबाटै टुंगिन्छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साझ संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘यो विषय...

दुई न्यायाधीशमा कोरोना

धनुषा, साउन १६–उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।  ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत...

आरडीटीबाट ८ सय २६ जनाको परिक्षण

विराटनगर, बैशाख ४-प्रदेश १ मा विहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्