विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

 न्यूज विराट
विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो ।

शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई सम्मान गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र आयोजक संस्थाका अध्यक्ष शिवनारायण प्रधानले दुवैजनालाई सम्मान पत्र,दोसल्ला र जनही नगद १० हजार १ सय सहित सम्मान गरे ।

क्षयरोग नियन्त्रण कार्यक्रममा पत्रकारिताको माध्यमबाट पु¥याएको योगदान तथा कार्यक्रमका सन्देशलाई बृहत समुदाय समक्ष पु¥याउन लामो समयदेखी खेलेको भुमिकाको कदरगर्दै कर्ण र पाठकलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष प्रधानले जानकारी दिए । कार्यक्रममा मुख्यमन्त्री कार्कीले बिगतमा निकै डरलाग्दो रोगका रुपमा चिनिएको क्षयरोग निरन्तरको खोज अनुसन्धानपछि पछिल्लो समय सामान्य संक्रमणको रुपमा लिईने अवस्थामा पुगेको बताए । उनले यसक्षेत्रमा क्षयरोग न्युनिकरणमा नेपाल क्षयरोग निवारण संस्था मोरङले खेलेको भुमिकाको प्रशंसा समेत गरे ।

मुख्यमन्त्री कार्कीले रोग न्युनिकरणमा मोरङ शाखाको भुमिका उल्लेखनिय रहेपनि संस्था भने उपेक्षामा परेको बताए । उनले संस्थाले जग्गाको बन्दोबस्त गरे प्रदेश सरकारले संस्थाको भवन निर्माणमा सहयोगगर्ने आश्वासन समेत दिए ।
कार्यक्रमकाबीच संस्थामा कार्यरत ल्याब टेक्निशियन अमृत चौधरी र एक्सरे टेक्निशियन ध्रवराज थापालाई उत्कृष्ठ कर्मचारी पुरस्कारबाट पुरस्कृत गरिएको थियो । यस्तै संस्थाकै सुरक्षा गार्ड मानबहादुर पुरीलाई तोरेन्द्र–ईन्दिरा सेवा पुरस्कारबाट पुरस्कृत गरिएको संस्थाका सचिव टिकाराज ढकालले जानकारी दिए । सोही अवसरमा कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ अधिकृत मुलकचन्द राजवंंशीलाई संस्थागत सम्मान प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

नीति निमार्ण अपाङगता मैत्री बनाउनुपर्नेमा जोड

विराटनगर । राज्यले बनाउने नीति निमार्ण प्रक्रिया अर्थपुर्ण, सहभागितात्मक र जनमुखी बनाउन अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गराउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेत्रहीन युवा संघ मोरङले विराटनगरमा सोमबार आयोजना गरेको राजनैतिकमा अपाङगता भएका व्यक्तिहरूको...

कोरोनामा दसैं प्रभावः पीसीआर स्वाट्टै घट्यो, नयाँ संक्रमित १७४१

काठमाडौं, १० कात्तिक-कोरोना महामारीका बीच सुरु भएको दसैंका कारण पीसीआर परीक्षण पनि स्वाट्टै घटेको छ । दैनिक १५ हजार हाराहारीमा हुँदै गएको पीसीआर परीक्षण बितेको २४ घण्टामा ५ हजार ६ जनामा सीमित भयो । स्वास्थ्य...

भारतले आज ७३औँ गणतन्त्र दिवस मनाउँदै : नेपालबाट दिइयाे शुभकामना

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन् । भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा...

बेलबारीमा एक बालिकालाई बलात्कार गरि फरार व्यक्ति ११ महिना पछि पक्राउ

विराटनगर, २५ साउन । मोरङको बेलबारीकी एक बालिकालाई बलात्कार गरी फरार रहेका एकजना युवा ११ महिनापछि पक्राउ परेका छन् । जंगलमा निगुरो टिप्न गएकी बेलबारी लक्ष्मीमार्गकी एक बालिकाकाई बलात्कार गरेर फरार भएका बेलबारी ११ का...

२६ नेपाली बोकेर म्यानमारको एयरफोर्स नेपालमा

काठमाडौं, २३ जेठ-म्यानमार सरकारले आफ्नै खर्चमा त्यहाँ रहेका २६ नेपालीलाई नेपाल पठाएको छ । नेपाली सेनाले गरेको प्रस्तावलाई स्वीकार गर्दै म्यानमारको एयरफोर्सबाट २६ नेपाली ल्याइएको हो । नेपाली लिएर आएको जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय...

‘ह्वाइट मुन’ सेनेटरी प्याड बजारमा

विराटनगर । विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले नयाँ प्रोडक उत्पादन सुरु गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसनवारीमा रहेको इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याएको हो । ‘ह्वाइट मुन’ नाम दिएको सेनेटरी...

अनलाइनको गुणस्तर मापनका लागि छलफल आवश्यक

काठमाडौं, २९ असार-अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले अनलाईन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन् ।  अहिले प्रतिदिन एकवटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो...

विराटनगरमा मोटरसाइकलमा आएका तीन युवाले यसरी हाने तरबार, एक जना युवा घाइते

विराटनगर । तीन जना युवाले विराटनगरको व्यस्त बजारमा एक जना युवालाई दिनदहाडै तरबार प्रहार गरेका छन् । सोमबार दिउँसो विराटनगर महानगरपालिका– १० सन्सारीमाइस्थान नजिकै विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहमद हलिममाथि तरबार प्रहार गरेका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्