सार्वजनिक गाडी चढ्दा अब फेस सिल्ड अनिवार्य

 न्यूज विराट
सार्वजनिक गाडी चढ्दा अब फेस सिल्ड अनिवार्य

काठमाडौं, २ कात्तिक-कोरोनाको संक्रमणको जोखिम बढ्ने भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक बसमा यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा फेस सिल्ड लगाउनुपर्ने व्यवस्था गरेको छ ।

सोमबार विभागले सार्वजनिक सूचना निकाल्दै यात्रुले अनिवार्य रूपमा फेस सिल्ड प्रयोग गरेर मात्र सार्वजनिक यातायातमा प्रयोग गर्न निर्देशन दिएको हो । विभागले यातायात व्यवसायीहरूलाई फेस सिल्डबिना चढ्न खोज्ने यात्रुलाई सार्वजनिक यातायातमा नचढाउन पनि निर्देशन दिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले फेस सिल्ड अनिवार्य गर्ने निर्णयमा व्यवसायीहरूको सहमति रहेको बताए । उनले व्यवसायीहरूले पनि आफ्ना कर्मचारीलाई मास्क, पञ्जा र फेस सिल्ड उपलब्ध गराउने सहमति गरेको बताए ।

यसअगाडि सरकारले संक्रमणको जोखिम हुने भन्दै सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गरी आधा मात्र यात्रु बोक्न पाउने निर्णय गरेको थियो । त्यस्तै, सुरक्षाका लागि मास्क र पञ्जा अनिवार्य गरेको थियो ।

तर आधा यात्रु बोक्ने निर्णयले घाटा भएको भन्दै विरोधमा व्यवसायी उत्रिएपछि सरकारले निर्णय फिर्ता लिँदै शतप्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेको थियो । शतप्रतिशत यात्रु बोक्दा संक्रमण बढ्ने हुनाले विभागले फेस सिल्ड अनिवार्य गरेको हो ।

सम्बन्धित समाचार

उपत्यकामा आज १२२९ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ मंसिर-गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय २९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आज काठमाडौंमा ९ सय ६५, ललितपुरमा १ सय ८९ र भक्तपुरमा ७५ जनामा कोरोना पोजिटिभ...

शीर्ष नेतालाई शितल निवासमा राष्ट्रपतिको रात्री भोज

काठमाडौं, १० असार-संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् ।नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । रात्री भोजका...

आज बडादसैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं,  २ कात्तिक-आज बडादसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या...

प्रदेश १ काँग्रेसको संसदीय दलको नेतामा उद्धब थापा निर्वाचित

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धब थापा निर्वाचित भएका छन् । २९ जना मतदाता रहेकोमा थापाले १८ मत ल्याएर संसदीय दलको नेतामा शुक्रबार निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी केदार कार्कीले...

७ दिनमा लुक्लाबाट ५१७ जनाको उद्दार, ४ दिनमा १५ सय बाहिरिए

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशलाई लकडाउन घोषणा गरेको छ ।११ चैतबाट लकडाउन लागू भएकोमा १२ चैतमा बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वयन समितिको बैठकले विभिन्न ठाउँमा अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याउने निर्णय...

फरार कैदी समात्ने प्रहरी निरीक्षक प्रकाश थापासहित चार प्रहरी पुरस्कृत

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका कैदी पक्राउ गर्ने चार जना प्रहरी पुरस्कृत भएका छन् । इलका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापासहित चार जना प्रहरीलाई मोरङ प्रहरीले नगदसहित पुरस्कृत गरेको हो...

विधेयकले निम्त्यायो विवाद

काठमाडौं, फागुन २२–प्राधिकरणमार्फत यातायात सञ्चालन गर्नका लागि सरकारले शहरीक्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐनको तयारी गरेको छ । संघीय सरकारले गाइडलाइन ऐन बनाएसँगै प्रदेश सरकारले त्यही ऐनको मर्मअनुसार आफ्ना प्रदेशका नयाँ ऐन जारी गर्न सकिने...

रुकुम हत्याकाण्डको विरोधमा उर्लाबारीमा प्रदर्शन

विराटनगर, जेठ १५-जातकै कारण रुकुम पश्चिममा दलित युवक नवराज विक सहित चारजनाको हत्या भएको भन्दै मोरङको उर्लाबारीमा विरोध प्रदर्शन गरिएको छ । दलित संघर्ष समिति, विश्वकर्मा सेवा समिति उर्लाबारी, राष्ट्रिय दलित पत्रकार संघ मोरङलगायत संघ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्