विधेयकले निम्त्यायो विवाद

 न्यूज विराट
विधेयकले निम्त्यायो विवाद

काठमाडौं, फागुन २२–प्राधिकरणमार्फत यातायात सञ्चालन गर्नका लागि सरकारले शहरीक्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐनको तयारी गरेको छ । संघीय सरकारले गाइडलाइन ऐन बनाएसँगै प्रदेश सरकारले त्यही ऐनको मर्मअनुसार आफ्ना प्रदेशका नयाँ ऐन जारी गर्न सकिने व्यवस्था गरिएको छ । संघीय सरकारले बनाउने ऐन छलफलकै चरणमा रहेका बेला बागमती प्रदेशले भने केन्द्र सरकारले प्रदेशको अधिकार खोसेको गुनासो गरेको छ ।

काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधयेकको रूपमा संसदमा दर्ता गरिएको यो विधेयक विधान समितिले छलफलको क्रममा नाम संशोधन गरी शहरी क्षेत्रको एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बनाएको छ ।

विधेयेकको परिच्छेद २ दफा ३ ले प्राधिरकण स्थापना गर्न सक्ने व्यवस्था गरेको छ, जसमा प्रदेश सरकारले शहरी क्षेत्रभित्रका सार्वजनिक यातायात सेवालाई व्यवस्थापन गर्नका लागि एक वा एकभन्दा बढी नगरपालिका क्षेत्रभित्र सञ्चालन हुनेगरी सार्वजनिक यातायात प्राधिकरण सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ ।

तर, परिच्छेद ५ को दफा १२ ले भने संघीय राजधानी शहरी सार्वजनिक यातायात प्राधिकरण गठनको व्यवस्था गरेको छ । संघीय राजधानी शहरी क्षेत्रको सार्वजनिक यातायात सेवालाई नियमन तथा व्यवस्थापन गर्न बनाइने प्राधिकरण संघीय सरकार मातहत हुने व्यवस्था गरिएको छ । त्यसका लागि आवश्यक कानुन पनि संघीय सरकारले नै बनाउनेछ । यसको अनुगमनको जिम्मेवारी भने प्रदेश सरकारलाई दिइएको छ ।

सम्बन्धित समाचार

पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटलको पहिलो अडिसन सम्पन्न, दोस्रो अडिसन असोज १६ र १७ गते हुदै

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल कोशीको पहिलो अडिसन सम्पन्न भएको छ । प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको हो । पहिलो अडिसनमा ७० जना बालबालिकाहरूको सहभागिता रहेको थियो । जय मिडिया म्यानेजमेन्ट...

मुख्यमन्त्री राईद्धारा गणतन्त्र दिवसको शुभकामना

विराटनगर, जेठ १५–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

बागलुङमा शंकास्पद भनिएकी महिलाको रिपाेर्ट नेगेटिभ

द्रुत परीक्षणका क्रममा शंकास्पद देखिएकी बागलुङकी एक वृद्धाको कोरोना संक्रमण परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ ।आइतबार काठेखोला गाउँपालिका– ६, बिहुँ इनारपानीकी एक ६५ वर्षीयँ महिलाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) का क्रममा कोरोना शंकास्पद देखिएको...

विश्व नेवा दिवसमा झी : पुचलाई सम्मान

विराटनगर । विश्व नेवा दिवसको अवसर पारेर झी : पुच नेपाल भाषा तथा सांस्कृतिक संघ विराटनगरलाई सम्मान गरेको छ । विश्व नेवा अर्गनाइजेशनले ललितपुमा एक भव्य कार्यक्रम आयोजना गरी झी : पुचलाई सम्मान गरेको हो...

कांग्रेस नेता पौडेलसँग चिनियाँ राजदूतको भेट

काठमाडौं, १३ साउन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज उनीहरूबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६५औँ वर्षगाँठको अवसरमा...

कांग्रेस नेता कोइरालाद्वारा ३९ सय मास्क वितरण

विराटनगर, चैत ९–विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा ३ हजार ९ सय थान मास्क वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सो वडाका १३ वटा टोलमा मास्क वितरण गरेका...

सार्वजनिक यातायात खुले, तर छैनन् यात्रु

काठमाडौं, १७ असोज-कोभिड-१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण चैत १० देखि बन्द...

नेकपा अध्यक्ष पोखरेलको पहलमा मन्त्री घिमिरेले गरे रतुवामाईका क्वारेन्टाइन निरिक्षण

विराटनगर, जेठ २२–प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको रतुवामाई नगरपालिकामा रहका क्वारेन्टाइनहरुको निरिक्षण गरेका छन् । संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको पहलमा स्वास्थ्य प्राविधिक टोलीका साथमा पुगेका मन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्