आज बडादसैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

 न्यूज विराट
आज बडादसैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं,  २ कात्तिक-आज बडादसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ ।

ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रूपमा पूजाआजा गर्ने प्रचलन छ । ब्रम्हचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्यजस्तो परम पदमा पुग्न सकिने कुरा शास्त्रहरूमा उल्लेख छ ।

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव जीवन सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रूपमा चर्चा गरिएको छ ।

माता पार्वतीको यो रूपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवतलगायतका ग्रन्थहरूमा उल्लेख छ । ब्रह्मचारिणी देवीले एक हातमा कमल धारण गरेकी छन् भने दोस्रो हातमा कमण्डलु लिएकी छन् ।

कमलले सच्चिदानन्द ब्रहमस्वरुप संकेत गर्दछ भने कमण्डलुले वरदान र आशीर्वादको अर्थ संकेत गरेको छ । देवी ब्रहमचारिणीको पूजाआराधना गर्न भक्तजनहरू आज बिहानैदेखि मुलुकका विभिन्न शक्तिपीठ, देवीमन्दिरमा भेला भएका छन् ।

घरघरमा स्थापित दसैँघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरूको वाचन श्रवणको क्रम पनि चलिरहेको छ ।

सम्बन्धित समाचार

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

मोरङको ८ स्थानीय तहका विरामीलाई निःशुल्क रगत, १७ वटै स्थानीय तहमा बितरण गर्ने रेडक्रसको तयारी  

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङले स्थानीय तहहरुसँग सहकार्य गरेर विरामीहरूलाई निःशुल्क रगतउपलब्ध गराउँदै आएको छ । रेडक्रसले मोरङको आठ वटा स्थानीय तहहरुसँग सम्झौतागरेपछि अहिले निःशुल्क रगत विरामीलाई उपलब्ध गराउँदै आएको हो ।   स्वास्थ्य...

महाधिवेशनको मिति सर्दैन :देउवा

काठमाडौं, पुस २४–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनको मिति अघि सार्न नसकिने बताएका छन् ।असन्तुष्ट जिल्ला सभापतिहरुलाई आफ्नै निवासमा सम्बोधन गर्दै सभापति देउवाले महाधिवेशनका लागि तोकिएको २०७७ साल फागुनको मिति सार्न नसकिने स्पष्ट पारेका...

प्रदेश १ मा २३७ संक्रमित थपिए, एकैदिन ५२७ जना डिस्चार्ज

विराटनगर, १० कात्तिक–प्रदेश १ मा सोमबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मोरङका १ महिला १ पुरुष, सुनसरीका १ महिला २ पुरुषको मृत्यु भएको हो । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या...

आईपीएल : दिल्ली क्वालिफायरमा, बैंगलोर प्ले अफमा

एजेन्सी, १८ कात्तिक-दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा गएराति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा...

महाराष्ट्रमा कोरोना उपचारमा संलग्न २६ नर्स र तीन डाक्टर संक्रमित

एजेन्सी, चैत २४-मुम्बईको एक अस्पतालमा कोरोना उपचारमा संलग्न भएका २६ जना नर्स र तीन जना डाक्टर समेत कोरोना भाइरस संक्रमित भएका छन् । पीटीआईका अनुसार सोमबाट मात्रै १ सय २० जना नयाँ संक्रमित भेर्टिपछि मुम्बईमा...

मन्दिर खुलेको चार महिनामा १२ लाख भेटी सङ्कलन

खोटाङ, १६ मङ्सिर-विश्व प्रसिद्ध त्रिधार्मिक धाम हलेसीबाट चार महिनाको अवधिमा रु १२ लाख भेटी सङ्कलन भएको छ । गत साउन १ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा पूजाआजा गर्न आउने दर्शनार्थीबाट रु १२...

प्रदेश १ मा ३९० जनामा कोरोना संक्रमण

विराटनगर, २९ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ र ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्