राष्ट्रिय अनुसन्धान परिषद र मनमोहन प्राविधिक विश्वविद्यालयबिच सम्झौता

 न्यूज विराट
राष्ट्रिय अनुसन्धान परिषद र मनमोहन प्राविधिक विश्वविद्यालयबिच सम्झौता

विराटनगर, २७ असोज–मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्वीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा अनलाईन मार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन वीच सम्झौता भएको हो ।

विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद्देश्य सहित सम्झौता गरिएको विश्वविद्यालयका प्रमुख डा. पोखरेलले जानकारी दिए । उनका अनुसार दुवै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र नविनतम क्षेत्रमा अनुसन्धान गर्नेछन् । मनमोहन विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवस्यक जनशक्ति, भौतिक पुर्वाधार र अन्य श्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवस्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, सल्लाह, सुझाव र अन्य सहयोग राष्ट्रिय अनुसन्धान परिषद्ले गर्ने छ । सम्झौता कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताए । उनले अनुसन्धानको जग बसाउने काम शुरु भएकाले मनमोहन प्राविधिक विश्वविद्यालय चाँडै अनुसन्धानको केन्द्र बन्ने बताए ।

राष्ट्रिय अनुन्धान परिषद्का अध्यक्ष डा. पुनले अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविस्कार केन्द्रको मोडलमा सञ्चालन गरिने बताए । उनले सृजनशिल र प्रतिभाशाली व्यक्तिहरु अनुसन्धान गरि उद्यमी बन्न सक्ने बताए । उनले अनुसन्धान कार्यमा कन्जुस्याँई गर्न नहुने बताए । सम्झौता कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यायका प्रमुख डा.सुवास श्री पोखरेल, नेपाल सरकारका पुर्व सचिव रामेश्वर खनाल, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले बोलेका थिए ।

सम्बन्धित समाचार

काठमाडौंको तारकेश्वरमा देखियो बर्डफ्लु, २५ सयभन्दा बढी पक्षी नष्ट

काठमाडौंको तारकेश्वर पालिएका पक्षीमा बर्डफ्लु रोग देखिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका- ७, साङ्लेखोला, फुटुङमा स्थानीय कृषकले पालेको टर्की र हाँसको नमुना परीक्षण गर्दा शुक्रबार बर्डफ्लु पुष्टि...

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, आज थपिए ५३८ जना

काठमाडौं, ९ असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको आंकडाले १० हजार पारे गरेको हो । स्वास्थ्य तथा जनसंख्या...

महिला क्रिकेट प्रतियोगितामा मोरङ समुह विजेता

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार ३ खेलमा जित निकाल्दै मोरङ समुह विजेता भएको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको विहिबारको पहिलो खेलमा इलामलाई ८ विकेटले पराजित गर्दै...

विराटनगर नजिकै नेपाल—भारत सीमाको दशगजा क्षेत्रमा भारतले बनाएको सुरक्षा पोष्ट हटाइयो

विराटनगर, ११ माघ । विराटनगरस्थित दशगजा क्षेत्रमा भारतले सीमा मिचेर बनाएको सुरक्षा पोष्ट हटाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अन्तराष्ट्रिय नियम विपरित सुरक्षा पोष्ट खडा गरेपछि स्थानीय प्रशासन र नेपालका सुरक्षा निकायको...

विराटनगरमा खुल्दै १ करोड २५ लाखमा ‘ओएसिस लन्च एण्ड बार’, आम्दानीको १५ प्रतिशत सामाजिक काममा खचिर्ने

विराटनगर । तीन दशकदेखि पर्यटन व्यवसायको क्षेत्रमा रहेका जितेन्द्र श्रेष्ठले विराटनगरमा ओएसिस लन्च एण्ड बार संचालनमा ल्याउने भएका छन् । विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रूपैयाँ लगानीमा ओएसिस लन्च एण्ड...

विराटको सङ्कलन केन्द्र विराटनगरको भट्टिमोडमा स्थापना, अब घरमै बसेर बिरामीले रिपोट पाउने

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय बिरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याब प्रा.लि. ले रगत सङ्कलन केन्द्र स्थापना गरेको छ ।विराटले आइतबार विराटनगर...

उर्लाबारी नगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेमा प्रवेश

उर्लाबारी, कार्तिक २९ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मोरङको उर्लाबारी नगरपालिकाको मेयरका उम्मेदवार राजेन्द्र पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आइतबार एमाले जिल्ला पार्टी कार्यालय विराटनगरमा एमालेका प्रदेश कमिटी सचिव...

अन्तर्राष्ट्रिय उडानमा रोक छैन, सोमबार यी विमान आउँदै छन् काठमाडौं

सरकारले आइतबार राती १२ बजेदेखि ९ दिनका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेको छ । सोहीअनुसार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । तर, विदेशी एयरलाइन्सहरूको विनाअवरोध आवत-जावत भइरहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्