राशिफल

विराटनगर नजिकै नेपाल—भारत सीमाको दशगजा क्षेत्रमा भारतले बनाएको सुरक्षा पोष्ट हटाइयो

 न्यूज विराट
विराटनगर नजिकै नेपाल—भारत सीमाको दशगजा क्षेत्रमा भारतले बनाएको सुरक्षा पोष्ट हटाइयो

विराटनगर, ११ माघ । विराटनगरस्थित दशगजा क्षेत्रमा भारतले सीमा मिचेर बनाएको सुरक्षा पोष्ट हटाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अन्तराष्ट्रिय नियम विपरित सुरक्षा पोष्ट खडा गरेपछि स्थानीय प्रशासन र नेपालका सुरक्षा निकायको पहलमा हटाइएको हो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले विराटनगर—१६ को दरैयास्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा सुरक्षापोष्ट खडा गरेको थियो । भातीय एसएसबीले दशगजामा सुरक्षा पोष्ट खडा गरेपछि सीमा क्षेत्रमै पुगेर निरिक्षण गरेका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको पहलमा उक्त पोष्ट हटाउन लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी दाहालले भारतको अररीया जिल्लाका डिस्ट्रिक मेजेस्टे«डसँग टेलिफोन वार्ता गरी एसएसबीको सुरक्षा पोष्ट हटाउन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...