चितवनमा ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

 न्यूज विराट
चितवनमा ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन,  १८ असोज-चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।  भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 

१६ असोजमा कोरोना संक्रमण देखिएपछि उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए । उनलाई खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ । रासस

सम्बन्धित समाचार

प्रदेश प्रमुखद्धारा बजेट प्रमाणिकरण

विराटनगर । कोशी प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङबाट प्रमाणिकरण भएको छ । प्रदेश प्रमुख खापुङ्गले शुक्रबार बजेट प्रमाणिकरण गरेका हुन् । प्रदेशसभाको मंसिर १३ गतेको बैठकले पारित गरेको कोशी प्रदेश आर्थिक अध्यादेशलाई...

सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगंज पुल समस्याबारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबिच छलफल

विराटनगर । विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबिच छलफल भएको छ...

प्रधानमन्त्री ओली भन्छन्: ‘म पनि घरमा छु, तपाईं पनि बस्नु होला’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जनतालाई घरमै बस्नको लागि पुन: आह्‍वान गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको अवस्थामा घर बाहिर ननिस्किन ओलीले आग्रह गरेका हुन् । 'म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु', प्रधानमन्त्री...

सर्वोच्चको गेटमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी

काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीमाथि प्रहरीले हातपात गरेको हो । प्रहरीसँगको घम्साघम्सीमा...

एक महिने ब्युटिसियन तालिम सकियो

विराटनगर । एक महिने (१८० ) घण्टे ब्युटिसियन आधारभूत शिप विकास तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहयोग र ओसिन ब्युटिपार्लरको आयोजनामा भएको एक महिने ब्युटिसियन तालिम बुधबार सम्पन्न भएको हो । महिलाहरुलाई आत्मनिर्भर...

बुद्धिजीवीले बेसारको मजाक उडाए, अब याेगकाे उडाउने हाेलान् : प्रधानमन्त्री ओली 

काठमाडौं, ७ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै...

फुलकुमार लालवानीलाई महामूर्खको उपाधि

विराटनगर । विराटनगरका फुलकुमार लालवानीले महामूर्खको उपाधि पाएका छन् ।काँग्रेसका नेता लालवानीलाई मारवाडी यूवा मञ्च विराटनगरले सम्मान स्वरुप महामूर्खको उपाधि प्रदान गरेको हो । मारवाडी यूवा मञ्चले होलीको अवसर पारेर प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान...

मध्यप्रदेशमा राजनीतिक संकट

भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारूढ भारतीय राष्ट्रिय कांग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो । भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्