मध्यप्रदेशमा राजनीतिक संकट

 न्यूज विराट
मध्यप्रदेशमा राजनीतिक संकट

भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारूढ भारतीय राष्ट्रिय कांग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो ।

भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलनाथले आफूले राज्यका गभर्नरसमक्ष राजीनामा बुझाएको जानकारी दिए । बिहीबार भारतीय सर्वोच्च अदालतले शुक्रबार संसदमा विश्वासको मत लिन मुख्यमन्त्री कमलनाथ सरकारलाई आदेश दिएको थियो ।

काङ्ग्रेसका युवानेता ज्योतिरानन्द सिंधिया भारतीय जनता पार्टीमा प्रवेश गरेसँगै २२ जना काङ्ग्रेसका सांसदले पार्टी छाडेर भाजपा प्रवेश गरेको घोषणा गरेका थिए ।

यसैबीच विधानसभाका सभामुख एनपी प्रजापतीले १६ जना सांसदले बुझाएको राजीनामा स्वीकार गरेका छन् । साथै उनले भाजपाका एक सांसदको पनि राजीनामा स्वीकृत गरेका छन् । यसअघि नै अरू ६ जना काङ्ग्रेस आबद्ध सांसदले दिएको राजीनामा पनि सभामुखले स्वीकृत गरेका थिए ।

सम्बन्धित समाचार

विराटनगरको बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर सुचारू

विराटगगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) सुचारु भएको छ । मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति...

गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यकक्षमा मदिरा पिउँदै

पोखरा, फागुन ४–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन् । उनले रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत रक्सी दिएका थिए ।...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन

विराटनगर, १७ असार । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन चयन भएकी छन् । २०२१/०२२ का लागि जैन अध्यक्षमा चयन भएकी हुन् । दीप्ती तोदीको कार्यकाल सकिएपछि जैनले रोटरी क्लब अफ विराटनगर...

जहदाको जनता बाल आधारभूत विद्यालयमा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयमा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विगत ८ वर्षदेखि निरन्तर सहयोग गर्दै...

संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन: उपेन्द्र यादव

जनकपुर, माघ २७–समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालालाई...

एनसीडिए कोशीको निर्वाचन : अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एकढिक्का

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेका छन् । औषधी व्यवसायीहरुले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । संघको निर्वाचनमा दुई समूह चुनावी...

आइतबार कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १३ असार-नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले  जानकारी दिए । बैठकमा समसामयिक...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप, विराट र भरौल भेट्रान्स विजयी

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुन्दरहरैंचाको विराट भेट्रान्स र भरौल भेट्रान्स क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा धरान पूर्वेली भेट्रान्स क्बललाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्