प्रदेश १ मा १ सय ७१ संक्रमित थपिए, ४३ जना डिस्चार्ज

 न्यूज विराट
प्रदेश १ मा १ सय ७१ संक्रमित थपिए, ४३ जना डिस्चार्ज

विराटनगर, १ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ७१ जना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १÷१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा बिहिबार ६५ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा १५ महिला र ५० पुरुष छन् । मोरङको बढीगंगामा ४ महिला ६ पुरुष, जहदा र कटहरीमा ३÷३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा १÷१ महिला, बेलबारी र ग्रामथानमा १÷१ पुरुष, स्थानीयतह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ११ महिला १७ पुरुष, दुहवीमा ३ महिला १९ पुरुष, इटहरीमा ४ महिला ७ पुरुष, गढीमा २ पुरुष, झापाको दमकमा ५ महिला १ पुरुष, मेचीनगरमा ३ पुरुष, कनकाईका १ महिला र स्थानीयतह नखुलेका १ पुरुष, खोटाङमा १ महिला, धनकुटामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ७१ पुगेको छ ।

प्रदेश १ मा बिहिबार ४३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार २३९ पुगेको छ । प्रदेश १ मा बिहिबार १ हजार १५७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये ५० महिला र १२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

काठमाडौं, १२-वैशाखअघिल्लो मन्त्रिपरिषद्ले गरेको निर्णयमा चौतर्फी दबाब सिर्जना भएको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाेकका छन् । प्रधानमन्त्री निवास बालुवाटार बिहान ११ बजेदेखि बैठक सुरु भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...

प्रदेश २ लाई महिलामैत्री समाजको स्वास्थ्य सामग्री सहयोग

महोत्तरी २ वैशाख-प्रदेश-२ लाई कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा उपचारमा खटिन स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिङ इक्यपमेन्ट (पीपीई)लगायतका सामग्री हस्तान्तरण गरेकी छन् । आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा लामो समयदेखि प्रदेश-२ का स्वास्थ्यकर्मी त्रासमा काम...

प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा ३८ विद्यालय, गुरूकुलमा देखाउँदैछन् प्रतिभा (फोटो फिचर)

विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा मोरङका ३८ वटा विद्यालय पुगेका छन् । प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ २१ र सिनियरतर्फ १७ वटा विद्यालय फाइनलमा पुगेका हुन् । मोरङको १७ वटा स्थानीय...

अहिले चलिरहेका परीक्षाहरु रोकिँदैन: त्रिभूवन विश्वविद्यालय

काठमाडौं, २६ पुस । त्रिभुवन विश्वविद्यालयले अहिले चलिरहेका परीक्षाहरु नरोकिने बताएको छ । त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीले हाल भइरहेको परीक्षा नरोकिने जानकारी दिए । ‘अहिले भइरहेको परीक्षा रोकिँदैन । स्नातक चौथो वर्ष लगायतको परीक्षा अन्तिम...

विराटनगरमा छुरा प्रहार गरी हत्या आरोपमा १ जना पक्राउ

विराटनगर । विराटनगरमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर(४ का २४ वर्षीय गणेश भन्ने रमेश यादव छन् । उनलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह...

फामेर्सी अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ

विराटनगर, १३ फागुन । विराटनगरबाट एक अधिकृत घुससहित पक्राउ परेका छन् । औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । बिहीबार अपरान्ह...

प्रहरीद्धारा १२ लाखको अवैध सामान बरामद

विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छली गरेको १२ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ ।विराटनगर महानगरपालिका –१६ बिराटनगर जुट मिल छेउमा अवैध रूपमा भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा...

आरडीटी पोजिटिभ देखिएकी वीरगञ्जकी युवतीको मृत्यु

जनकपुर, १४ वैशाख-आरडीटीमा पोजिटिभ देखिएकी पर्साको वीरगञ्जकी १ युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आज बिहान मृत्यु भएको हो । ब्लडक्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्