राशिफल

रतुवामाईबाट साढे चार केजी गाँजासहित एक जना पक्राउ

 न्यूज विराट
रतुवामाईबाट साढे चार केजी गाँजासहित एक जना पक्राउ

विराटनगर, ९ माघ । मोरङको रतुवामाई नगरपालिकाबाट प्रतिवन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका—८ स्थित कुखुरे डाँडाबाट स्थानीय ४५ वर्षीय कृष्ण राईलाई ४ केजी ३९० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो १२ बजेतिर इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएका प्रहरी जवान अण प्रसाद कोइरालाले राईलाई घरबाटै पक्राउ गरेका हुन् । प्रहरी जवान कोइरालाले गोप्य सूचनाका आधारमा खान तलासी गर्दा घरमै उक्त परिमाणको गाँजासहित राईलाई पक्राउ गरेका थिए ।

पक्राउ परेका राईको विषयमा थप अनुसन्धान भइरहेको र आइतबार म्याद थपका लागि जिल्ला अदालत लगिने प्रहरीले जनाएको छ । प्रहरी जवान कोइरालाको सकृयताका कारण पछिल्लो समय सो क्षेत्रबाट लागुऔषध ओसारपसार र कारोबारमा संलग्ग व्यक्तिहरु धमाधम पक्राउ पर्दै आएका छन् ।

केही दिन अघि पनि प्रहरी जवान कोइरालाले रतुवामाईबाटै ठुलो परिमाणको लागुऔषधसहित एक जनालाई पक्राउ गरेका थिए ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...