देशभर थप १ हजार १७० जनामा कोरोना पुष्टि

 न्यूज विराट
देशभर थप १ हजार १७० जनामा कोरोना पुष्टि

काठमाडौं, २९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५५ हजार नाघेको छ । आजसम्म ५५ हजार ३ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ हजार ३ सय ९३ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना छन् भने ७ हजार २ सय ७५ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ८ सय ७९ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको मन्त्रालयको तथ्यांक छ । संक्रमण हुने दर ७१.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ८ लाख ५१ हजार ४ सय ५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

जनकपुरमा रूघाखोकीको बिरामी देख्नेबित्तिकै डाक्टर डराउन थाले

जनकपुरमा रूघाखोकीको बिरामी हेर्नेबित्तिकै चिकित्सकहरू उपचार गर्न डराउन थालेका छन् । अस्पतालमा भर्नासम्म गरिएको छैन । यही डरका कारण धनुषाधामको मुलाबारीकी ४५ वर्षीया मरनीदेवी सदालाई प्रादेशिक अस्पतालसम्मले भर्ना गरेनन् । सदा शुक्रबार बिहान सिकिस्त बिरामी...

रोटरी क्लब अफ विराटनगर फ्युजन र महेश्वरी महिला मञ्चद्वारा एक हजार झुल वितरण

विराटनगर । लामखुट्टेको टोकाइबाट लाग्ने विभिन्न रोगबाट बच्नका लागि विपन्न परिवारलाई रोटरी क्लब अफ विराटनगर फ्युजन र महेश्वरी महिला मञ्चले झुल वितरण गरेका छन् । क्लब र मञ्चले लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु, कालाजार, मलेरिया,...

झापामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

झापा, १३ जेठ-दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी...

थप २ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौं, २० जेठ-नेपालमा थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये २ सय ७० जना पुरुष छन् भने १८ जना महिला छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले...

एलजीको मेची-महाकाली रोड शो विराटनगरमा

विराटनगर, फागुन १८–एलजीको मेची महाकाली रोड शो विराटनगर आइपुगेको छ । एलजीका इलेक्ट्रोनिक्स सामानको उपयोगिताका विषयमा जानकारी दिन एलजीले पूर्वका विभिन्न शहरमा रोड शो सञ्चालन गरिरहेको जनाएको छ । एलजीले इलेक्ट्रोनिक्सका सामानको खरिदमा ५० प्रतिशतसम्म...

भव्य भयो विराटनगरमा रथयात्रा (फोटो फिचर)

विराटनगर । कृष्ण जन्माष्टमीको अवसरमा विराटनगरमा बिहीबार ५५ औं धार्मिक तथा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ । कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा भव्य निकालिएको हो । खटयात्रालाई २०२५ सालबाट भगवान राधाकृष्ण रथयात्रा महोत्सवको रुपमा महानगरवासीले मनाउँदै...

एमालेको पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार

काठमाडौं, जेठ १९ । एमाले अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार हुनुभएको छ । कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन...

एकदिने भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ रक्षामन्त्री वेई

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल-चीन सम्बन्धको ६५औँ वर्षगाँठको अवसर पारेर आइतबार बिहान नेपाल आएका रक्षामन्त्री वेई साँझ स्वदेश फर्किएका हुन् । उनी काठमाडौंमा रहँदा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्