कोरोनाबाट उपत्यकाका ८ सहित देशभर १५ जनाको मृत्यु

 न्यूज विराट
कोरोनाबाट उपत्यकाका ८ सहित देशभर १५ जनाको मृत्यु

काठमाडौं, २९ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप १५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा पाँच महिला र १० पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा आठ संक्रमितको निधन भएको छ । काठमाडौंमा एक महिलासहित पाँच पुरुष, ललितपुर र भक्तपुरमा एक/एक पुरुषको निधन भएको पुष्टि भएको छ ।त्यस्तै, संक्रमणबाट गोरखा, नवलपरासी, पर्सा र कपिलवस्तुमा एक/एक महिलाको निधन भएको छ ।

मोरङमा दुई कोरोना संक्रमितको निधन भएको मन्त्रालयको तथ्यांक रहेको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.६५ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लागेका हुन्...

सुनवर्षी मेयर कप क्रिकेटको उपाधी वडा नम्बर ८ लाई

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा सम्पन्न तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ८ ले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ६ लाई पराजित गर्दै सुनवर्षी–८ ले यस वर्षको उपाधी...

जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

एजेन्सी, १९ मंसिर-क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोना विरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको...

कोरोना संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु

विराटनगर, २९ कात्तिक-कोरोना भाईरसको संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक र विराटनगरस्थित न्युरो अस्पतालमा ३ जनाको मृत्यु भएको हो । बीपी कोइराला...

चट्याङ लागेर दुई र एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु

विराटनगर, असार ११–प्रदेश–१ मा आज चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । आज बिहानदेखि परेको पानी तथा चट्याङले मोरङको सुनबर्षी नगरपालिकाका एक जना र उदयपुरको त्रियुगा नगरपालिकामा १ जना गरी दुईजनाको मृत्यु भएको प्रहरीले...

विराटनगरमा सयौँ मारवाडी समुदाय एमालेमा प्रवेश

विराटनगर, १६ पुस । विभिन्न पेशा व्यवसायमा क्रियाशील रही राजनीतिक दलहरुमा असंलग्न रहँदै आएका मारवाडी समुदायका सयौँ अगुवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेपाल वामपन्थी मारवाडी युवा संगठनको अगुवाईमा सयाँ मारवाडी समुदायका अगुवाहरु...

बसले विद्यार्थीलाई ठक्कर दिएपछि चाबहिल तनावग्रस्त

काठमाडौं, पुस ७–विद्यार्थीलाई ठक्कर दिएपछि काठमाडौंको चाबहिल क्षेत्र सोमबार बिहान तनावग्रस्त बनेको छ । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि विद्यार्थीहरुले गाडीमा आगजनी गर्नुका साथै सडक अवरुद्ध पारेका थिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्