विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले बिहीबार विराटनगरस्थित एनसीडिए भवनमा होली मिलन कार्यक्रम आयोजना गरेको छ । रंगहरूको पर्वको अवसरमा औषधी व्यवसायीहरूबीच भाइचारा र सद्भाव बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै एनसीडिएका केन्द्रीय सदस्य प्रदिप कुमार दासले होली पर्वले समाजमा भाइचारा कायम गर्दै अगाडी बढ्न प्रेरित गर्ने बताए । उनले भने, “होली हाम्रो परम्परा र संस्कृतिको महत्वपूर्ण अंग हो, जसले हामीलाई एकअर्काप्रति सद्भाव राख्न र सहकार्य गर्न सिकाउँछ ।’ एनसीडि कोशी प्रदेशका अध्यक्ष धनबहादुर काफ्लेले सद्भावको पर्व होलीले व्यवसायीहरूमा भाइचारा कायम गर्दै अगाडी बढ्न ठूलो मद्दत पुग्ने बताए । उनले औषधी व्यवसायीहरूलाई एकताबद्ध हुन र आपसी सहयोगमा जोड दिए । कार्यक्रमको सभापति एवं एनसीडि मोरङका अध्यक्ष देशबन्धु ढकालले रंगको पर्व होलीको शुभकामना दिँदै औषधी व्यवसायीहरूको हकहितमा केन्द्रीय कार्यालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले खुद्रा र थोक व्यवसायीहरू मिलेर व्यवसायीहरूको हकहितको लागि केन्द्रलाई दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए । ‘औषधी व्यवसायीहरूले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न हामी सबै एकजुट हुनुपर्छ,’ ढकालले भने,‘यसका लागि हामीले व्यवसायिक र संगठनात्मक क्षमता अभिवृद्धि गर्नु आवश्यक छ ।’
सोही अवसरमा एनसीडि कोशी प्रदेशमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई संघले सम्मान गरेको थियो । नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्दै ढकालले उनीहरूको कार्यकालमा व्यवसायिक अधिकार र हितहरूको संरक्षणका लागि प्रभावकारी पहलकदमीको अपेक्षा गरेको बताए । कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका भरत साह, मेलान विराटनगरका अध्यक्ष दिनेश राउत, पिनका अध्यक्ष दुर्गा भट्टराई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदिप कोइरालालगायतले शुभकामना मन्तव्य दिएका थिए । स्वास्थ्य मन्त्रालयका भरत साहले प्रदेश सरकारले औषधी व्यवसायीहरूको समस्याहरूलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए । उनले यस क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि सरकार र व्यवसायीहरूबीच सहकार्य आवश्यक रहेको बताए । मेलान विराटनगरका अध्यक्ष दिनेश राउतले औषधी व्यवसायीहरूले सामना गरिरहेका चुनौतीहरू सम्बोधन गर्न सामूहिक प्रयासको आवश्यकता रहेको औँल्याए । उनले होली पर्वको अवसरमा व्यवसायीहरूबीच सद्भाव र सहकार्य बढाउन जोड दिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले एकअर्कालाई अबिर लगाएर होलीको रौनक थपेका थिए । व्यवसायीहरूले एकअर्कालाई अबिर लगाउँदै वर्षभरि मिलेर काम गर्ने र व्यवसायिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाए ।
सरकारले काठमाडौं उपत्यकामा ५ सय १८ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जनाएको छ ।कोरोना संक्रमण भएका शंकास्पद व्यक्तिहरुलाई राख्न उपत्यकामा बनाइएका पाँच क्वारेन्टिन स्थलको अनुगमनपश्चात् सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले तत्काल पाँच सय १८...
सुर्खेत, ३ जेठ-सुर्खेतको चौकुने गाउँपालिका-२ को कर्णाली नदीमा डुङ्गा पल्टिँदा ३ जना बेपत्ता भएका छन् । शुक्रबार साँझ साढे ६ बजे कैलालीको मोहोन्याल गाउँपालिका–२ कोलतडी जाने क्रममा डुङ्गा पल्टिएको हो । ढुङ्गा पल्टिदा सुर्खेत चौकुने...
विराटनगर, ९ मंसिर प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख...
विराटनगर, साउन १४–चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगर स्थित कोसी अस्पतालको ओपीडी सेवा बिहीबारबाट बन्द गरिएको छ । ओपिडीका इञ्चार्जसहित चार जनामा कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्दको जानकारी दिएको हो ।...
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमति इङ्गनाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खडग बहादुर बस्नेतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक नगराई...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटघाट गरेका छन् । नेता कोइराला मंगलबार ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल...
विराटनगर २ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ७४ जना कोरोना संक्रमित थपिए छन् । मोरङमा दुई सय ६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, संखुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम,...