नेकपा सांसदले गरे कांग्रेस निर्णयकाे स्वागत - News Birat

नेकपा सांसदले गरे कांग्रेस निर्णयकाे स्वागत

न्यूज विराट

काठमाडाैं, १८ जेठ-सत्तारूढ नेकपाका सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गरेर प्रमुख प्रतिपक्ष कांग्रेसले राष्ट्रियताको पक्षमा मुलुक एकजुट रहेको सन्देश दिएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा सांसदहरू बिनाकुमारी श्रेष्ठ, नेकपाकी सचेतक शान्ता चौधरी, सांसद सरिताकुमारी गिरीलगायतले कांग्रेसको निर्णयको स्वागत गरेका हुन् ।

कतिपय सांसदले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर भारतले बनाएको सडकमा यातायात सञ्चालन गर्न नदिने गरी पहल थाल्न सरकारसँग माग गरे । नेकपाका सांसद विरोध खतिवडाले नेपाली भूमि मिचेर भारतले बनाएकाे सडकमा यातायात सञ्चालन गर्न नदिन पहल गर्न सरकारसँग माग गरेका हुन् ।

‘उक्त क्षेत्र भएर निर्माण गरिएको सडकमा भारतले रुट परमिट दिएर सडक सञ्चालन गर्न लागेको सुन्नमा आएको छ । वार्ता र कूटनीतिक कुरा हुँदै गर्छ, सरकारले त्यो सडकमा यातायात सञ्चालनमा रोक लगाउन माग गर्दछु ।’

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles