वीपीको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट मोरङका एक पुरुषको मृत्यु

 न्यूज विराट
वीपीको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट मोरङका एक पुरुषको मृत्यु

विराटनगर, २८ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक पुरुषको कोरोना संत्रज्ञmमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको विराटनगर–१२ का ७० वर्षिय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । मृतक पुरुषमा गत भदौ १६ गते प्रादेशिक जनस्वास्थ्य ल्याबमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि मृतक पुरुष विराटनगरस्थित म्याक्स अस्पतालबाट रेफर भई वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा १७ भदौमा भर्ना भएका थिए । उनलाई ज्वरो, खोकी र स्वास प्रश्वासमा समस्या भएपछि म्याक्स अस्पतालबाट रेफर गरिएको थियो ।

कोभिड अस्पतालमा उपचाररत पुरुषको आइतबार २.१८ बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनले मृतक पुरुष उच्च रक्तचापको दिर्घरोगी रहेको बताए ।

उनका अनुसार मृतक पुरुषको शव नियम अनुसार व्यवस्थापन भइरहेको छ । यो सहित प्रदेश १ मा मृत्यु हुनेको संख्या ४८ पुगेको छ । जसमध्ये १२ जना प्रदेश १ बाहिरका हुन् । आइतबार मृत्यु भएका पुरुषसँगै विराटनगरमा मात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

सम्बन्धित समाचार

प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा जीना कार्की नियुक्त

विराटनगर, २२ चैत्र । अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी हटाएको प्रदेश १ सरकारले नयाँ पदाधिकारी नियुक्त गरेको छ । आज मन्त्रिपरिषद् आज बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने...

गठबन्धन र प्रधानमन्त्रीका कारण न्यायलयमा समस्या:शंकर पोखरेल

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले न्यायलय भित्र अहिले देखिएको समस्या गठबन्धन दल र प्रधानमन्त्रीको गलत निर्णयका कारण भएको बताएका छन् । उनले यो विवादमा न्यायाधीशहरुको यपृष्ठभूमि, उनीहरु बीचको गुटवन्दी, अदालतभित्रको न्यायिक विकृति, पछिल्लो...

यसरी बनेको थियो संखुवासभाको सामूहिक हत्या योजना

काठमाडौं, असोज ४। संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामुहिक हत्याकाण्ड एउटा समुहले योजनाबद्धरुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको थप अनुसन्धान गर्न १ नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी अरूण...

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

काठमाडौं, १० जेठ-कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण ११ चैतदेखि सरकारले...

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा

धनगढी, १९ जेठ-सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी हुन् । सुदूरपश्चिम...

निरन्तरको वर्षाले डुवानमा विराटनगर ( फोटो फिचर)

विराटनगर । गएरातीदेखि परेको अबिरल बर्षाले विराटनगर डुवानमा परेको छ । पानीको निकास थुनिंदा विराटनगरको दक्षिण क्षेत्र डुवानमा परेको हो । सडकमा पानी जमेर आवतजावतसमेत समस्या उत्पन्न भएको छ । लगातारको वर्षाको कारण केसेलिया खोलाको...

युवती मृत अवस्थामा फेला

विराटनगर, चैत २०–ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत अवस्थामा फेला परेकी छन् । चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी युवती बेलुका सम्म पनी...

मााओवादीको प्रदेश १ सम्मेलन विराट चौकमा हुँदै

विराटनगर, २२ मंसिर । माओवादी केन्द्रले प्रदेश अधिवेशनको तयारी तीब्र पारेको छ । माओवादी केन्द्रले आगामी २५ मंसिरमा मोरङको विराटचौकमा प्रदेश अधिवेशन गर्दै छ । त्यसका लागि तयारी तीब्र पारिएको माओवादी केन्द्र प्रदेश १ का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्