सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा - News Birat

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा

न्यूज विराट

धनगढी, १९ जेठ-सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी हुन् । सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्ष स्वास्थ्य, कृषि, रोजगार र उद्योगलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन ल्याएको छ ।

नीति तथा कार्यक्रमअनुसार सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरीमा हरित गृह, प्रदूषण मुक्त र वन्यजन्तुको सुरक्षित करिडोर सहितको राजधानी निर्माण गरिने भएको छ ।

कार्यक्रममा विदेशबाट फर्केकाहरूलाई कृषिलगायत स्वरोजगारका कार्यक्रममा जोड्ने र त्यसका लागि स्वरोजगार कोषमार्फत् विनाधितो ऋण प्रवाह गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles