शनिबारदेखि रंगेलीमा कोरोना संक्रमण शुन्य

 न्यूज विराट
शनिबारदेखि रंगेलीमा कोरोना संक्रमण शुन्य

विराटनगर, २० भदौ–समुदायस्तरमा कोरोना संक्रमण फैलिएको मोरङको रंगेली नगरपालिकामा कोरोना शंक्रमण शुन्यमा पुगेको छ । जनता क्याम्पसको आइसोलेसन केन्द्रमा रहेका बाँकी तीन जनालेसमेत शनिबार कोरोना जितेर घर फकिएपछि रंगेलीमा कोरोना संक्रमण शुन्यमा पुगेको हो ।

नगरपालिकाले संक्रमितको कन्ट्रयाक्ट टे«ेसिङबाट तिव्ररुपमा परिक्षण गरेर संक्रमण पुष्टि भएका संक्रमितको उचित व्यवस्थान गरेपछि रंगेली कोरोना मुक्त भएको जनाएको छ ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलका अनुसार रंगेलीमा कुल एक सय २२ जनामा कोरोना पुष्टि भएकोमा समुदायस्तरमा मात्र एक सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य १३ जना भारतबाट आएर नगरका क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेका थिए । उनिहरु प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ उपचार केन्द्रमा उपचार पश्चात कोरोना मुक्त भएर घर फर्किएका थिए ।

समुदायस्तरमा संक्रमण पुष्टि भएका मध्ये रंगेली–८ का ४५ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । अन्य सवै जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

रंगेली नगरपालिकामा गत साउन १९ गते पहिलो पटक समुदायस्तरमा एकैदिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये १४ जना एकै परिवारका रहेका थिए । सो परिवारका एक पुरुषको मस्तिष्क घातबाट मृत्यु भएपछि मृत्यु संस्कारमा सहभागि हुन भारतको दिल्लीबाट आएकी मृतककी छोरीबाट सवैमा कोरोना संक्रमण फैलिएको थियो ।

समुदायस्तरमा संक्रमण पुष्टि भएकामध्ये ९ जनाको सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्र र १३ जनाको पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ आइसोलेसन केन्द्रबाट उपचार भएको थियो भने ८७ जना रंगेलीस्थित जनता क्याम्पसको आइसोलेसन केन्द्रबाट स्वास्यलाभ गरि कोरोना मुक्त भएर घर फर्किएपछि यतिबेला रंंगेली संक्रमण मुक्त भएको स्वास्थ्य शाखा प्रमुख मण्डलले जानकारी दिए ।

कोरोना संक्रमित दैनिक थपिँदैजाँदा प्रदेश सरकारले स्थापना गरेका कोभिड–१९ उपचार केन्द्रमा बेड अभाव हुनथालेपछि नगरपालिकाले संक्रमित राख्न रंगेलीकै जनता क्याम्पसमा गत साउन २५ गतेदेखि एक सय बेड क्षमताको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको थियो ।

सो आइसोलन केन्द्रमा राखिएका सवै जनाले उपचारपश्चात कोरोना जितेर घर फर्किएपछि आइसोलेसन केन्द्र अहिले खाली भएको छ भने सिंगो रंगेली नगरपालिका कोरोना मुक्त भएको नगरप्रमुख दिलिप बगडियाले जानकारी दिए ।

‘शनिबार ३ जना बाँकी संक्रमित पनि डिस्चार्ज हुनुभएको छ । अब रंगेली कोरोना मुक्त भएको छ । हाम्रो एकल पयासबाट मात्र सम्भव थिएन । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा रंगेली अस्पतालका स्वाथ्यकर्मीको महत्वपूर्ण भूमिका छ । संगसँगै रंगेलीका सवै जनप्रतिनिधि, उद्योगी, व्यवसायी, नगरवासी, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत सवैको महत्वपूर्ण भूमिका र सहयोगले रंगेलीमा नियन्त्रण गर्न सफल भएका छौँ । यसका लागि सवैलाई धन्यवाद दिन चाहन्छु ।’ उनले भने,‘अब रंगेलीमा कोरोना संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएका छौँ । रंगेलीमा बाहिरबाट सरुवा भइ आएका एक दर्जन प्रहरीलाई अनिवार्य क्वारेन्टाइनमा बस्न लगाएका छौँ । बाहिरबाट आउने व्यक्तिहरुका कारण संक्रमणको जोखिम रहेकाले उच्च निगरानी गर्नेछौँ ।’

सम्बन्धित समाचार

काठमाडाैं महानगरभित्र कोरोना भाइरसको परीक्षणमा तीव्रता

काठमाडौं महानगरपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ । महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको र्‍यापिड डाइग्नोष्टि (आरडिटी) विधिबाट परीक्षण थालिएको हो ।...

महाशिवरात्रिको तयारीका लागि मूल समिति गठन

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए...

बेलबारी बोयर बाख्रा प्रकरणः उपप्रमुखद्वारा छानविन समितिमा बस्न अस्वीकार

विराटनगर, २७ जेठ । मोरङको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नगरपालिकाले बोरय बाख्रा प्रकरणको छानबिन गर्न गठन गरेको छानबिन समितिमा बस्न अस्वीकार गरेकी छन् । नगरपालिकाको २४ गते बसेको कार्यपालिकाको बोर्डले सत्य तथ्य छानबिन गरी...

लिटिल कोशीको उपाधि ओसियन र उपासनालाई

विराटनगर । सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को उपाधि विराटनगरका ओसियन जंग थापा र धरानकी उपासना रामदामले जितेका छन् । विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगितामा मिस्टरतर्फ ओसियनले र मिसतर्फ उपासनाले उपाधि जितेकी हुन्...

नेपालले भारतलाई पत्र पठाएरै दियो दनक

काठमाडौं, १४ साउन-भारतले लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउने माग गर्दै पत्र पठाएपछि नेपालले पनि जवाफी पत्र पठाएको छ । नेपालले भारतलाई सो क्षेत्र नेपालकै भएको भन्दै पत्र लेखेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय...

चिनियाँ राजदूत हाउ याङ्छी प्रचण्ड निवासमा

काठमाडौं, ८ मंसिर-चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई लिएर सोमबार चिनियाँ राजदूत हाउ याङ्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छन् । अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा भेटवार्ता भएको प्रचण्डको स्वकीय सचिवालयले जनाएको...

ग्रिनल्याण्ड स्कुलले मनायो अभिभाव दिवस

विराटनगर । विराटनगर – ५ स्थित ग्रिनल्याण्ड स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । स्कुलले अभिभावक दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्यो । स्कुल...

हारको बदला लिदै मोरङ ६ बाट डाक्टर शेखर कोइराला निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई फराकिलो मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्