राशिफल

हारको बदला लिदै मोरङ ६ बाट डाक्टर शेखर कोइराला निर्वाचित

 न्यूज विराट
हारको बदला लिदै मोरङ ६ बाट डाक्टर शेखर कोइराला निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई फराकिलो मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

आज विहान सकिएको मतगणना अनुसार कोइरालाले ३५ हजार २१८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पण्डितले २२ हजार ९३२ मत पाएका छन् । त्यस्तै राप्रपाका गोपाल कटुवालले ८८२९ मत पाएका छन् । मोरङ क्षेत्र नं. ६ मा १ लाख २६ हजार ७१ मतदाता मध्ये ८५ हजार ३७१ मत खसेको थियो । ८० हजार ४१७ मत सदर भएको थियो । ४ हजार ९५४ मत बदर भएको थियो । कोइरालाले १२ हजार २८६ मतअन्तर विजयी हुन सफल भएका छन् ।

२०७४ सालमा कोइराला र पण्डित मोरङ क्षेत्र नं. ६ मा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला पण्डितले कोइरालालाई ६७५ मतअन्तरले पराजित गरेका थिए । ५ वर्षपति प्रतिनिधिसभामा यी दुबै उम्मेदवार प्रतिस्पर्धा गर्दा कोइरालाले २०७४ मा हारको फराकिलो मतअन्तरले बदला लिएका छन् ।

सम्बन्धित समाचार

विराटको सङ्कलन केन्द्र विराटनगरको भट्टिमोडमा स्थापना, अब घरमै बसेर बिरामीले रिपोट पाउने

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय बिरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याब प्रा.लि. ले रगत सङ्कलन केन्द्र स्थापना गरेको छ ।विराटले आइतबार विराटनगर...

बुद्धोदय सहकारीको निक्षेप ११ करोड १ लाख

विराटनगर । विराटनगर महानगरपालिका ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्षमा ११ करोड भन्दा बढी रकम निक्षेप गर्न सफल भएको छ ।सहकारीको विराटनगरमा आइतबार भएको १४ औं वार्षिक साधरण...

विराट एक्स्पोको तयारी पुरा, ३६१ वटा स्टल रहने

विराटनगर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी...

रोटरी क्लबले मनायो बालबालिकासँग अन्तराष्ट्रिय अपाङ्गता दिवस

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । क्लबले अपाङ्गता भएका बालबालिकाहरुसँग ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको हो । पिटर प्यान प्ले पेन स्कूलको सहयोगमा क्लबले सीपी...