आज देशभर एकैदिन ५ सय ८८ जनाले जिते कोरोना

 न्यूज विराट
आज देशभर एकैदिन ५ सय ८८ जनाले जिते कोरोना

काठमाडौं, १५ भदौ–आज ५ सय ८८ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमण मुक्त भएका छन् । योसँगै आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २१ हजार ४ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

जसमा प्रदेश( १ मा १ हजार ५ सय ७०, प्रदेश( २ मा ४ हजार ८ सय ५३, बामगती प्रदेशमा १ हजार ३ सय २८ र गण्डकी प्रदेशमा १ हजार ७ सय ८ जना रहेका छन् । यस्तै, प्रदेश ५ मा ४ हजार ९ सय ३०, कर्णाली प्रदेशमा २ हजार ८३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ३८ जना डिस्चार्ज भएका छन् ।

आज सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा प्रदेश १ मा १ हजार २ सय ८७, प्रदेश २ मा २ हजार ६२, बामगती प्रदेशमा ४ हजार ४ सय ८ र गण्डकी प्रदेशमा ५ सय ३० जना रहेका छन् ।

यस्तै, प्रदेश ५ मा १ हजार १ सय ७३, कर्णाली प्रदेशमा ३ सय ९६ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४५ गरी देशभरी १० हजार ७ सय १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसैगरी, प्रदेश १ मा ५ सय १०, प्रदेश २ मा ४ हजार ५५, बामगती प्रदेशमा २ हजार ४२ र गण्डकी प्रदेशमा १८ जना संक्रमित रहेका छन् । यस्तै, प्रदेश ५ मा ३ सय ५६, कर्णाली प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा १ सय २० गरी देशभरी होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन ।

प्रदेश( १ मा ४ जना, प्रदेश( २ मा ३८ जना, बामगती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १७ गरी देशभरी १ सय ३२ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन । यस्तै, प्रदेश १ मा १, प्रदेश २ मा १३ र बामगतीमा २ जना गरी १६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । आज ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा रहेका छन् ।

आज ८ सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । ११ हजार १ सय २९ वटा पीसीआर परीक्षणमा महिला ३ सय ३ र पुरुष ५ सय ९६ जनामा संक्रमण देखिएको हो । आज काठमाडौंमा मात्रै १ सय ९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जनामा संक्रमण देखिएको छ । आजसम्म जम्मा ६ लाख ९३ हजार ४ सय ७२ पीसीआर परीक्षण भएकोमा ३९ हजार ४ सय ६० जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

सम्बन्धित समाचार

प्रदेश सह-इञ्चार्जसहित १५ जना नेकपा नेतामाथि उल्टै मुद्दा

जनकपुरधाम    २७ कात्तिक-नेकपा नेता मुकेश चौरसिया हत्याको घटनामा संलग्नता रहेको भन्दै प्रदेश २ का सह–ईञ्चार्ज नागेन्द्र चौधरी सहित १५ जना नेकपानेता विरुद्ध मुद्दा दर्ता भएको छ ।  अभियुक्त उत्तम तिवारीकी श्रीमतीले उल्टै नेता चौधरी...

खोपका लागि विराटनगरका मेयर पराजुलीले गरे अन्तराष्ट्रिय समुदायसँग अपिल

विराटनगर, ५ असार । संघीय सरकारले खोप दिन नसकेको भन्दै विराटनगर महानगरपालिकाले खोप सहयोग गरिदिनको लागि दातृ निकाय तथा विभिन्न भगिनी सहरहरुलाई अपिल गर्ने भएको छ । आज महानगरका मेयर भीम पराजुलीले विज्ञप्ती जारी गर्दै...

पोखराको राहत कोषमा विन्ध्यवासिनी धार्मिक समितिको ५ लाख सहयोग

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्य पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ र कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले आइतबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ५ लाखको चेक हस्तान्तरण गरेका छन् । यसैगरी, बालहितकारी परियोजनाले १ लाख १...

कर्मचारीलाई खाजा भत्ता दिने कोशी प्रदेश सरकाको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले कर्मचारीलाई दैनिक दुई सयको दरले खाजा भत्ता दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले आइतबार यस्तो निर्णय गरेको हो । प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई दैनिक दुई...

मौद्रिक नीति : कोरोना प्रभावित व्यवसायलाई विशेष सम्बोधन, शेयर धितो यथावत

काठमाडौं, साउन २९ । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको...

कोरोनाबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १ हजार ८७ पुग्यो

काठमाडौं, २२ कात्तिक-कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १...

संसद बैठक बस्दै, केपी ओलीले सम्बोधन गर्ने

प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकको सुरुमै ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी...

हुलाकी सडक निर्माणमा मेयर कोइरालाको चासो

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा चासो देखाएका छन् । विराटनगर–५ स्थित गणेशचोक–केशलिया खण्डमा पर्ने हुलाकी सडक निर्माणमा विलम्ब हुँदा स्थानीयलाई सास्ती भएको भन्दै मेयर कोइरालाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्