पोखराको राहत कोषमा विन्ध्यवासिनी धार्मिक समितिको ५ लाख सहयोग

 न्यूज विराट
पोखराको राहत कोषमा विन्ध्यवासिनी धार्मिक समितिको ५ लाख सहयोग

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्य पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ र कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले आइतबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

यसैगरी, बालहितकारी परियोजनाले १ लाख १ हजार सहयोग गरेको छ । परियोजनका अध्यक्ष गोविन्द पहारी र उपाध्यक्ष रामचन्द्र तिमिल्सेनाले महानगरप्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी, कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था ५१ हजार ५१, पोखराका व्यवसायी नवराज अधिकारी र शोभा बास्तोलाबाट ५० हजार, तोडा बचत तथा ऋण सहकारी संस्थाले ५० हजार, जयलक्ष्मी कृषि सहकारी संस्थाले ४४ हजार ४ सय ४४, श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था २५ हजार ५ रुपैयाँ सहयोग गरेका छन् ।

यस्तै, जनजागरण महिला विकास बहुउद्देश्यीय सहकारी २० हजार ५ सय ५५, मेघा बचत तथा ऋण सहकारी संस्था १७ हजार ७ सय ७७, फ्याफुल्ला विकल्प महिला बचत तथा ऋण सहकारी १५ हजार १ सय ५५, लेखनाथ बचत तथा ऋण सहकारी संस्था १५ हजार सहयोग गरेका छन् ।

सम्बन्धित समाचार

खोपका लागि विराटनगरका मेयर पराजुलीले गरे अन्तराष्ट्रिय समुदायसँग अपिल

विराटनगर, ५ असार । संघीय सरकारले खोप दिन नसकेको भन्दै विराटनगर महानगरपालिकाले खोप सहयोग गरिदिनको लागि दातृ निकाय तथा विभिन्न भगिनी सहरहरुलाई अपिल गर्ने भएको छ । आज महानगरका मेयर भीम पराजुलीले विज्ञप्ती जारी गर्दै...

एयर इन्डियाद्वारा २ सय पाइलटसँगको सम्झौता रद्द

कोरोना भाइरस संक्रमणपछि आर्थिक गतिविधि ठप्प भए पछि भारतको एयर इन्डियाले २ सय पाइलटसँगको सम्झौता रद्द गरेको छ ।विश्वभर कोरोना भाइरस संक्रमणका कारण आर्थिक गतिविधि ठप्प बनेको छ भने अझै मन्दी छाउने आँकलन भइरहेका बेला...

विराटनगरको घरेलु मदिरा बनाउने भट्टीमा छापा, २ हजार लिटरबढी कच्चापदार्थ बरामद

विराटनगर । विराटनगर महानगरपालिका १२ नम्बर वडामा घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर ठुलो परिमाणमा रक्सी बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपेन्द्र पन्जियारको नेतृत्वमा...

मेसीले छाडे बार्सिलाेना

काठमाडौं, २२ साउन । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक अर्जेन्टिनी लियाेनल मेसीले स्पेनिस क्लब बार्सिलाेना छाडेका छन् । दुई दशक बार्सिलाेनाका लागि खेलेका मेसी सम्झाैता नवीकरण नभएपछि क्लबबाट बाहिरिएका हुन् ।  क्लबले विज्ञप्ति जारी गर्दै मेसीसँग भएकाे सम्झाैता...

आयात बढ्न थालेपछि शोधनान्तर बचत घट्दो

काठमाडौं, चैत ५–चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा विदेशी वस्तुको आयात बढ्दै गएपछि शोधनान्तर बचत भने घट्न थालेको देखिएको छ । पछिल्लो १ महिनामा मात्र करिब ५ अर्ब रुपैयाँले शोधनान्तर बचत घटेको छ । देशबाट...

प्रदेश १ मा मंगलबार संक्रमित थपिनेभन्दा डिस्चार्ज हुने बढी

विराटनगर, १३ असोज–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा थप १÷१ जना पुरुषको मृत्यु भएको छ । योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको...

देउवाले उठाए सीमासम्बन्धी मुद्दा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको बताएका छन् । दिल्लीस्थित हैदराबाद हाउसमा दुवै समकक्षीहरूले संयुक्तरूपमा गरेको प्रेस सम्मेलनका क्रममा देउवाले यस्तो बताएका हुन् । ‘हामीले दुई...

गोरखामा लोपोन्मुख तामे सालक भेटियो

गोरखा, जेठ २५-गोरखा नगरपालिका–९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको छ । स्थानीयवासी होमप्रसाद रेग्मीको घरमा बयस्क सो सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्