विराटनगर । कोशी प्रदेश सरकारले कर्मचारीलाई दैनिक दुई सयको दरले खाजा भत्ता दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले आइतबार यस्तो निर्णय गरेको हो ।
प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई दैनिक दुई सयको दरले दिँदै आएको खाजाभत्ता विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएका दिन दिने निर्णय गरेको छ । आइतवार नै बसेको बैठकले संविधानसभाका अध्यक्ष, सुवासचन्द्र नेम्वाङको दुःखद र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय समेत गरेको छ ।
प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरूको आर्थिक वर्ष २०८०÷०८१ को अस्थायी संगठन संरचनाका दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।