२४ घण्टामा थप ८८५ जनामा कोरोना पुष्टि

 न्यूज विराट
२४ घण्टामा थप ८८५ जनामा कोरोना पुष्टि

काठमाडौं, १० भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३४ हजार नाघेको छ । आजसम्म ३४ हजार ४ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १४ हजार ७३९ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ८ हजार ७११ संस्थागत आइसोलेसनमा छन् भने ६ हजार २८ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ३८५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या १९ हजार ४०५ पुगेको मन्त्रालयको तथ्यांक छ । कुल संक्रमितमध्ये ५६.६ प्रतिशत डिस्चार्ज भएको मन्त्रालयको तथ्यांक छ ।

सम्बन्धित समाचार

जीवन विकासद्वारा इन्क्युबेसन सेन्टर स्थापना

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले धनपालथान गाउँपालिका– ३ को धामो आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई बीउ पूँजी स्वरुप कुखुराको चल्ला प्रदान गरेको छ । बालबालिकालाई उद्यमशीलता सिकाउने उदेश्यसहित इन्क्युबेसन सेन्टर कार्यक्रम अन्तरगत २०...

तरकारी उठाउन गाडी लिएर किसानको बारीमा पुगे कृषि ज्ञान केन्द्र प्रमुख

बाजुरा ५ वैशाख-कोरोना भाइरको संक्रमणलाई कम गर्न लकडाउन हुँदा किसानले लगाएको तरकारी बारीमै कुहिने अवस्था आएपछि कृषि ज्ञान केन्द्र बाजुराका केन्द्र प्रमुख गाडी लिएर कृषकका बारीमा पुगेका छन् । ‘बजारमा तरकारी ल्याउँन कोही तयार छैनन्...

बीपीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, ३ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.निदेश सापकोटाका अनुसार कोभिड अस्पतालमा सुनसरीको इटहरी २० का ७८ वर्षीय वृद्धको सोमबार बिहान ३...

एनसीडिए कोशी प्रदेशको दोस्रो अधिवेशन सुरु, नयाँ नेतृत्व छान्न आइतबार निर्वाचन

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको दोस्रो अधिवेशन विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित इस्टन स्टार होटलमा आइतबार दिउँसो चार बजेटबाट अधिवेशन सुरु भएको हो ।संघको अध्यक्ष कुमार खतिवडाको अध्यक्षमा अधिवेशन सुरु...

औषधी भन्दै खाद्यपुरक सामाग्री विक्री, विरामीलाई भार पर्ने ‘न्युट्रास्युटीकल’ जफत गर्दै विभाग

विराटनगर । विरामीलाई आर्थिक रूपमा भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामाग्रीलाई औषधी भन्दै फार्मेशीहरूले विक्री वितरण गर्ने गरेको पाइएको छ । खाद्य पुरक सामाग्रीलाई औषधी भन्दै विक्री वितरण गरेको पाइएपछि औषधी व्यवस्था विभाग विराटनगरले न्युट्रास्युटीकल बरामद...

गण्डक अस्पतालमा बाराका २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ९ भदौ-बारामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । महागढीमाई नगरपालिका-४ मल्हनीटोल बस्ने ५९ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका ५ औरयाटोलका...

डुङ्गा पनि किनारमै थन्किए

राजविराज, २७ वैशाख-वन्दाबन्दीका कारण डुङ्गा चलाउन नपाउँदा पुर्ख्यौली पेसाका रूपमा सप्तकोशीमा माछा मारेर गुजारा चलाउँदै आएका सप्तरीको १ सय ५० परिवार मुखिया समूदायलाई हातमुख जोर्न समस्या परेको छ । लकडाउन कार्यान्वयनका क्रममा स्थानीय प्रशासनले डुङ्गामा...

प्रदेश १ः संरक्षण गृहमा आश्रितहरुलाई खोप लगाउन शुरु

विराटनगर, २८ साउन । प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्