तरकारी उठाउन गाडी लिएर किसानको बारीमा पुगे कृषि ज्ञान केन्द्र प्रमुख

 न्यूज विराट
तरकारी उठाउन गाडी लिएर किसानको बारीमा पुगे कृषि ज्ञान केन्द्र प्रमुख

बाजुरा ५ वैशाख-कोरोना भाइरको संक्रमणलाई कम गर्न लकडाउन हुँदा किसानले लगाएको तरकारी बारीमै कुहिने अवस्था आएपछि कृषि ज्ञान केन्द्र बाजुराका केन्द्र प्रमुख गाडी लिएर कृषकका बारीमा पुगेका छन् ।

‘बजारमा तरकारी ल्याउँन कोही तयार छैनन् कृषकको हिउँदभरीको मेहनत खेरजाने भएपछि मैले कार्यालयको भ्यान लिएर कृषकको तरकारी बजारसम्म ल्याउँन सहयोग गरेको हुँ’ कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गाविन्द्र सिजापतीले भने ।

‘आफैँ किसानको घरमा पुगेर तरकारी संकलन गरि बजारमा पुर्‍याउने काम गरेका छौँ’ उनले थपे, ‘यसले किसानलाई केही राहत भएको छ । कोरोना भाइरसका कारण भएको लकडाउनले बाजुरा जिल्लाका तरकारी उत्पादक किसानहरू मर्कामा परेका छन् ।’

समयमै तरकारी ढुवानी नहुँदा तरकारी किसानको तरकारी बारीमै कुहिन थालेको छ । सबैतिरका बजार बन्द र आवत जावत तथा तरकारी ढुवानीको समस्या भएपछि बारीको तरकारी बारीमै कुहिन थालेको हो ।

सम्बन्धित समाचार

न्यूरो हस्पिटलले मनायो २४ औं वार्षिकोत्सव : हप्तादिन ओपीडि निःशुल्क, २४ वटा बिशेष जाँचमा छुट

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालीटी अस्पतालले २४ औं बर्ष पुरा भएको अवसर विभिन्न कार्यक्रम आयोजना गरेको छ । अस्पतालले शनिबार विभिन्न कार्यक्रम आयोजना गरी २३ औं वार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको अवसरमा अस्पतालले...

रविन थापाः युवा संघ वडा कमिटी सचिवदेखि एमाले मोरङको सचिवसम्म, यस्तो छ राजनीतिक इतिहाँस

विराटनगर । नेकपा (एमाले) मोरङ संगठन कमिटीको सचिवमा नेता रविन थापाले जिम्मेवारी पाएका छन् । उनलाई आइबार बसेको प्रदेश कमिटीको सचिवालय बैठकले जिम्मेवारी दिएको हो ।पार्टीको जनसंगठनको विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण र सफल नेतृत्व गरेका...

पुन: भर्ना आव्हान नगरिएको भन्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको आपत्ति

विराटनगर, फागुन १६–पूर्वान्चल विश्वविद्यालयको स्नताकोत्तर तहमा भर्ना आवेदनका लागि समय नसकिदै अर्काे सूचना जारी नहुन्जेलसम्मका लागि रोकिएको भर्ना आवेदन पुन आहन नगरिएको भन्दै विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ । पूर्वान्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ...

ग्रेडेड स्कुलमा निर्वाचनबाट नयाँ नेतृत्व चयन

विराटनगर । विराटनगर – ८ स्थि ग्रडेड स्कुलले निर्वाचन पद्धतीबाट नयाँ नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा बिहीबार निर्वाचन गरेर स्कुल क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको हो ।१४ जना विद्यार्थीहरु प्रजातान्त्रिक प्रकृयाबाट निर्वाचित...

मिल्दो जुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ती

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी प्रा. ली. (न्युरो हस्पिटल) ले आफ्नो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेको प्रति आपत्ती जनाएको छ । अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गरी आपत्ती जनाएको हो । न्यूरो अस्पतालसँग मिल्दो जुल्दो...

आज २७३६ जनामा कोरोना, २२ संक्रमितको मृत्यु

काठमाडौं, २५ कात्तिक-गत २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६०  पुगेको छ । आज ८ सय...

कोशी अस्पतालमा फेरी एक व्यक्तिको मृत्यु, कोरोना आशंका

विराटनगर, साउन २३–कोरोना संक्रमणको आशंका गरिएका विराटनगरका एक पुरूषको कोशी अस्पतालमा शुक्रबार मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषलाई विहान ९ः४० बजे अस्पताल पुग्नसाथ चिकित्सकले...

मिल्स टि–२० क्रिकेट प्रतियोगिता, नरपथगन्ज र एनबीएससी फाइनलमा भिड्दै

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्