प्रदेश १ः संरक्षण गृहमा आश्रितहरुलाई खोप लगाउन शुरु

 न्यूज विराट
प्रदेश १ः संरक्षण गृहमा आश्रितहरुलाई खोप लगाउन शुरु

विराटनगर, २८ साउन । प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन शुरु गरिएको हो । अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले आज शुभारम्भ गरिन् ।

सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरि राखिएको विराटनगर १० को मानव सेवा आश्रमबाट अभियानको शुरुवात गरिएको हो ।

खोप अभियान शुरुवात गर्दै सामाजिक विकास मन्त्री राईले सडक आश्रित तथा सहयोगापेक्षीहरु सम्पूर्णलाई कोभिड १९ विरुद्धको खोप लगाईने बताइन् । मानव आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुको सवैलाई खोप लगाईने उनले बताइन् ।

मन्त्री राईले अपाङ्गता भएका तथा अशक्त सवैलाई अभियानमा समेटिने जानकारी दिइन् । लक्षित समूहले खोप लगाईरहे पनि संरक्षण गृहमा आश्रितहरुले खोप लगाउन नपाएको थाहा पाएलगत्तै अभियान शुरुवात गरिएको मन्त्री राईले बताइन् ।

सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले मानव सेवा आश्रम तथा संरक्षण गृहमा आश्रित सवैलाई खोप लगाईने बताइन् ।

उनले आज ३ सय बढीलाई खोप लगाइएको जानकारी दिइन् । मानव सेवा आश्रममा, प्रदेश सरकारद्धारा सञ्चालित दीर्घकालिन पुर्नस्थापना गृह, ओरेक, माईती नेपाल र एवीसीको संरक्षणमा रहेकाहरुलाई आज खोप लगाएको उनले बताइन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराई, स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहता, विराटनगर १० का वडाध्यक्ष माधवराज वाग्ले लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

‘एभरेष्ट कार्निभल’ हुँदै, १८ वटा स्टलमा २५ हजार बढीले अवलोकन गर्ने

विराटनगर । विराटनगरमा रहेको एभरेष्ट एजुकेशन फाउन्डेशनले पहिलो पटक ‘एभरेष्ट कार्निभल’ को आयोजना गर्ने भएको छ । एभरेष्ट कलेज परिसरभित्र माघ २७ देखि २९ गतेसम्म ‘एभरेष्ट कार्निभल’ गर्ने भएको हो । एभरेष्ट एजुकेशन फाउन्डेशनले विराटनगरमा...

आज विराटनगरमा ११ जना कोरोना संक्रमित थपिए

विराटनगर, २९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास...

तीन ठाउँमा गन्न थालियो कांग्रेस उपसभापतिको मत

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उपसभापति पदको मतगणना सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा उपसभापतिको मतगणना सुरु गरिएको हो । कांग्रेसको निर्वाचन समितिका अनुसार तीन ठाउँमा मत गणना सुरु भएको हो...

मोरङको ग्रामथानमा तेली कल्याण समाज गठन, संयोजकमा प्रदिप साह

विराटनगर । मोरङको ग्रामथानमा तली कल्याण समाज नेपाल गठन भएको छ । ग्रामथानको नेताचौकमा सोमबार आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा तेली कल्याण समाज गठन गरेको हो । प्रदिप साहको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति...

ग्रिन सिटी भलुन्टियर कार्यक्रमको अभिमुखीकरण सहित सुरुवात

विराटनगर । विराटनगर महानगरपालिका र दिगो विकास इन्स्टिच्युटको सह–आयोजनमा सहरलाई थप स्वच्छ र हरित बनाउन जलवायु परिवर्तन, वातावरण र दिगो विकास सम्बन्धी एक वर्षे युवा तथा बालबालिका संलग्नता कार्यक्रम ग्रिन सिटी भलुन्टियरको सुरुवात भएकोे छ...

सुनसरीमा बुधबार ६७ संक्रमित थपिए

विराटनगर, १७ भदौ–सुनसरीमा बुधबार अहिलेसम्मकै धेरै ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार ५६ जनामा कोरोना संक्रमण देखिएको सुनसरीमा बुधबार ६७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । स्वास्थ्य...

चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता

एजेन्सी, असार १७-दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले...

रञ्जु दर्शनासहित १ सय ३ जना गिरफ्तार

काठमाडौं, ३० वैशाख-भारत सरकारले नेपाली भूमि मिचेर चीनको मानसरोवरसम्म पुग्ने सडक बनाएपछि त्यसको विरोध भइरहेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार धार्चुला-लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए । भारतले विवाद जमिनमा सडक बनाएर उद्घाटन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्