गण्डक अस्पतालमा बाराका २ कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
गण्डक अस्पतालमा बाराका २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ९ भदौ-बारामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । महागढीमाई नगरपालिका-४ मल्हनीटोल बस्ने ५९ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका ५ औरयाटोलका ७२ वर्षीय पुरुषको कोरोनाको कारणले मृत्यु भएको हो ।

उपचारका क्रममा मंगलबार बिहान ६ बजे १ जनाको र अर्काको ११ बजे मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । पीसीआर रिर्पोट पोजिटिभ आएपछि उनीहरूलाई पर्साको नारायणी अस्पतालको स्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

लामो समयदेखि उनीहरू विभिन्न रोगले ग्रस्त रहेकाले पहिलादेखि विभिन्न अस्पतालहरूमा उपचार गराउँदै आएकोमा पीसीआर रिर्पोट पोजेटिभ आएपछि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचार भइरहेको थियो ।

दुवैको शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया पूरा गर्न जिल्ला सुरक्षा प्रमुखहरूसहितको विपत व्यवस्थापन समिति बैठक बसेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।

सम्बन्धित समाचार

विराटनगरमा सुजुकीको नयाँ बिक्री केन्द्र अमाही मार्ट संचालनमा

विराटनगर । विराटनगरमा सुजुकीको बिक्री केन्द्र अमाही मार्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । सुजुकी टु ह्वीलर्सको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स मार्फत अमाही मार्टले विराटनगर महानगरपालिका– ५ मुनाल पथमा आइतबारदेखि औपचारिक रुपमा बिक्री केन्द्र सञ्चालनमा...

कञ्चनपुरमा भारतीय तस्करकाे आक्रमण, सशस्त्र प्रहरी घाइते

कञ्चनपुरकाे दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूकाे समूहले सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । उनको...

उद्योग वाणिज्य महासंघको निर्वाचन मिति र मोडालिटी तय गर्न समिति गठन

काठमाडौं, २१ साउन-नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिति तय गर्नका लागि समिति गठन गरेको छ । महासंघको कार्यकारिणी समितिको भर्चुअल बैठकले ५४ औं वार्षिक साधारणसभा र निर्वाचनको मिति र मोडालिटी तयार गरी सुझाव पेश गर्न...

आजै मात्र २ सय ३९ मा संक्रमण पुष्टि

काठमाडाैं, १९ जेठ-३ वर्षीया बालिका र ६ वर्षीय बालकसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दोस्रो पटक थपिएका १३ संक्रमितमा पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासी सरावल गाउँपालिकाका...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न, मञ्जु अग्रवालले सम्हालिन जिम्मेवारी

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा आयोजित भव्य समारोहकाबिच वर्ष २०२४–२५ का पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो । सो अवसरमा वर्ष २०२३–२४ का पदाधिकारीहरुले वर्ष २०२४–२५ की प्रेसिडेन्ट...

लागूऔषधसहित मोरङको टंकिसिनवारीबाट १७ जना नियन्त्रणमा

विराटनगर । प्रतिबन्धित लागूऔषधसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसिनवारीबाट चेकजाँचको क्रममा प्रतिबन्धित लागूऔषधसहित १७ जनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका मध्ये पाँच जनाको...

ड्युटीमा खटिएका प्रहरीमाथि व्यापारीले गरे दुर्व्यवहार

जनकपुरधाम,३० चैत-जनकपुरधामको महावीर चोकमा प्रहरी र व्यापारीबीच विवाद भएको छ । व्यापारीले प्रहरीमाथि दुर्व्यवहार गर्नुका साथै १ जना असइको मोबाइल समेत फोडिदिएका छन् । आइतबार बिहान लकडाउनको पालना नगरी महावीर चोकमा मोटरसाइकलमा मास्क नै नलगाई...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्