लागूऔषधसहित मोरङको टंकिसिनवारीबाट १७ जना नियन्त्रणमा
शनिबार, १२ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । प्रतिबन्धित लागूऔषधसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसिनवारीबाट चेकजाँचको क्रममा प्रतिबन्धित लागूऔषधसहित १७ जनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये पाँच जनाको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ४ हजार थान भन्दा बढी ट्याबलेन्ट बरामद गरेको छ । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको नाम पनि अहिले गोप्य राखेको छ । ‘नियन्त्रणमा लिएका व्यक्ति अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ,’ डिएसपी दाहालले भने, ‘थप अनुसन्धानपछि पक्राउ परेका व्यक्ति र बरामद बस्तुको परिमाणबारेमा जानकारी दिनेछौं ।’
पक्राउ परेका पाँच जना बाहेक अन्य लागूऔषध प्रयोगकर्ता रहेको बुझिएको छ । उनीहरुले सीमावर्ती बजार जोगवनीमा लागूऔषध सेवन गरेर आएका थिए । केहीले सेवन पनि गरेर बोकेर आउने क्रममा प्रहरीले लागूऔषध बरामद गरेको हो ।
इलाम — खानेपानीको चरम अभाव रहेको इलाम बजारमा दिगो समाधानका लागि तेस्रो साना सहरी खानेपानी योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो । एसियाली...
विराटनगर, माघ ३–प्रदेश नम्बर एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले दुईवर्षको छोटो समयमा जनताको मन जित्न सफल भएको बताएका छन् । विराटनगर स्थित मुख्यमन्त्री कार्यालय परिसरमा आज विहान आयोजित प्रदेश सरकारको दोश्रो वार्षिकउत्सव...
विराटनगर । विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबिच छलफल भएको छ...
एजेन्सी, ३० भदौ-अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी सर्वाधिक आय गर्ने फुटबलरको शीर्ष स्थानमा उक्लिएका छन् । फोर्ब्सका अनुसार सर्वाधिक आय गर्ने खेलाडीको सूचिमा मेस्सी शीर्ष स्थानमा उक्लिएका हुन् । उनले पोर्चुगल तथा युभेन्टसका क्रिष्टियानो...
काठमाठौं, २६ जेठ-सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा सोमबार थप ३ सय १४ जनामा...
विराटनगर, २२ पुस । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...
गृहमन्त्री रामबहादुर थापा 'बादल'ले संसद् विघटन संवैधानिक काम भएको बताएका छन् । नेकपा चितवनद्वारा आयोजित जनसभामा उनले भने, 'यो संवैधानिक हो भन्ने कुराको जवाफ तपाईं जनताले दिनुभएको छ, फुटका विरुद्ध जनताले एकताको सन्देश दिनुभएको छ...
विराटनगर ४ माघ । विराटनगरका चर्चित उद्योगी मोतीलाल दुगड प्रधानमन्त्री केपीकर्मा ओलीको विषेश आर्थिक सल्लाहकार बन्ने भएका छन् । संसद विघटनपछि भएको सरकार पुनर्गठनका क्रममा उद्योग राज्यमन्त्रीबाट राजीनामा दिएका विराटनगरका चर्चित उद्योगी दुगडले महत्वपूर्ण जिम्मेवारी...