विराटनगरमा सुजुकीको नयाँ बिक्री केन्द्र अमाही मार्ट संचालनमा

 न्यूज विराट
विराटनगरमा सुजुकीको नयाँ बिक्री केन्द्र अमाही मार्ट संचालनमा

विराटनगर । विराटनगरमा सुजुकीको बिक्री केन्द्र अमाही मार्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । सुजुकी टु ह्वीलर्सको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स मार्फत अमाही मार्टले विराटनगर महानगरपालिका– ५ मुनाल पथमा आइतबारदेखि औपचारिक रुपमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।

अमाही मार्टको उद्घाटन मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य सांसद योगेन्द्र मण्डलले गरे । मार्टको उद्घाटन गर्दै सांसद मण्डलले अमाही मार्टले सुरु गरेको नयाँ व्यवसायले जनतालाई सहयोग पुग्ने बताए । नयाँ सामान बिक्री भन्दा पनि बिक्री पछिको सेवा राम्रो र प्रभावकारी बनाउन आग्रह गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै भिजी अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराईले सेल्स र सर्भिसलाई कम्पनीले विशेष ध्यान दिने बताए । सवारी बिक्री गर्नेमात्र नभई त्यसपछिको सेवालाई कम्पनीले उच्च प्राथमिकतामा राखेको उनले बताए । अहिले देखिएको स्पेयर्स पाट्सको समस्या केही दिनभित्र समधान हुने उनको भनाई छ ।

सर्वसाधारणलाई सहज रुपमा मोटरसाइकल तथा स्कुटरका बिक्री वितरण गर्ने उद्देश्यसहित नयाँ बिक्री केन्द्र सञ्चालनमा आएको स्वरुमको बिक्री प्रमुख सरिता चौधरीले जानकारी दिइन् । नयाँ बिक्रीसँगै सुजुकीका ग्राहकका लागि स्पेयर्स पाट्स र सहज सर्भिसको सुविधा कम्पनीले दिने उनले बताइन् । बिक्री केन्द्रमा सर्भिसका लागि दक्ष प्राविधि जनशक्ती र आधुनिक उपकरण पनि राखिएको छ ।

अमाही मार्टमा सुजुकीले सञ्चालन गरिरहेको महा एक्सचेन्ज मेला अन्तरगत कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ मोटरसाइकल र स्कुटर खरिद गर्दा आकर्षक छुट पाउने कम्पनीले जनाएको छ ।

मार्टको उद्घाटन कार्यक्रममा भिजी अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराई, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, भिजी अटोमोबाइल्सका बिक्री प्रमुख रामचन्द्र कडेल, जीवन विकास समाजको अध्यक्ष रिबोलदेवी मण्डललगायतको उपस्थिति थियो ।

आइतबार बिक्री केन्द्रको उद्घाटनका क्रममा रञ्जित बहरदार र राजेश शर्माले मोटसाइकल खरिद गरेका थिए । उनीलाई प्रमुख अतिथिसमेत रहेका सांसद मण्डलले चाबी हस्तान्तरण गरे । कार्यक्रमको सञ्चालन अमाही मार्टको तर्फबाट सुदीप मण्डलले गरेका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा आइतबार ३१ संक्रमित थपिए

विराटनगर, साउन ११–प्रदेश १ माआज ३१ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १९ पुरुष र ३ महिला, इलामको इलामनगरपालिकामा ८ र...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचनासहित)

काठमाडौं, १८ माघ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाले बढाएर काठमाडौ (निगमको डिपो क्षेत्रको...

आगलागी पीडितलाई युवा संघ रतुवामाईको सहयोग

विराटनगर, ५ फागुन । मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका आगलागीबाट पीडीत परिवारलाई युवा संघ रतुवामाई नगर कमिटीले सहयोग गरेको छ । मंगलबार राति साढे सात बजेतिर स्थानीय नुर महम्मदको घरमा आगलागी भएको थियो । आगलागीबाट पीडीत...

लोक सेवाले माग्यो २८४ शाखा अधिकृत

काठमाडौं, २९ मंसिर । लोक सेवा आयोगले २८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुला गरेको छ । बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै गोरखापत्रले अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो । आयोगले सामान्य...

मुख्यमन्त्री राई स्वास्थ्य सामाग्री लिएर पुगे कोरोना प्रभावित क्षेत्र

विराटनगर, बैशाख १३–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताएका छन् । शनिबार कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । कोरोना...

गर्भवती र सुत्केरीको विशेष सुरक्षा गर्न सर्वोच्चको आदेश

काठमाडौं, २७ जेठ-सर्वोच्च अदालतले बन्दाबन्दीका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले आज...

२४ घण्टामा १ हजार १२० जनामा कोरोना पुष्टि, १ हजार ११२ डिस्चार्ज

काठमाडौं, १७ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

अब विराटनगरबाटै ड्राइभिङ लाइसेन्सको लिखित र ट्रायल

विराटनगर, १२ साउन । अब प्रदेश १ को राजधानी विराटनगरबाटै सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परिक्षा हुने भएको छ । प्रदेश १ यातायता व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्