स्वाब दिए पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुहोला : मन्त्रालय

 न्यूज विराट
स्वाब दिए पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुहोला : मन्त्रालय

काठमाडौं, ७ भदौ-पीसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टाइनमा अनिवार्य बस्न अनुरोध गरेका हुन् ।

सरकारी अस्पतालका नर्सिङ, पारामेडिकहरूले व्यक्तिगत सुरक्षा कवच (पीपीई) नपाएको भन्ने गुनासो आएकाले मन्त्रालयका २ वटा कल सेन्टर १११५ र ११३३ मा खबर गर्न पनि उनले अनुरोध गरे ।

यस्तै काठमाडौंमा सङ्क्रमणको दर बढिरहेकाले सङ्क्रमतिको नजिक आएकाहरूलाई ‘प्राइमरी कन्ट्याक्ट’ भनिएकाले ती प्राइमरी कन्ट्याक्टमा आएकालाई तुरुन्तै पीसीआरका लागि स्वाब दिन मन्त्रालयका प्रवक्ता डा. गौतमले आग्रह गरे ।

नेपालमा अहिलेसम्म ५ लाख ९२ हजार ४१८ जनाको पीसीआर परीक्षण गारिएको छ । तीमध्ये ३१ हजार ११७ जनामा सङ्क्रमण, १८ हजार ३५० जनामा सङ्क्रमण निको र १४६ जनाको संक्रमणका कारणले मृत्यु भइसकेको छ ।

‘पीसीआर पोजिटिज आइसोलेसनमा गएकासँग सम्पर्कमा रहेका प्राइमरी कन्ट्याक्टले सङ्क्रमितसँग सम्पर्क भएको अन्तिम दिनदेखि गणना गर्दा पाँचदेखि सात दिनभित्रमा स्वाब दिन अनुरोध छ,’ उनले भने, ‘सङ्क्रमितसँग भेटेको तुरुन्तै पीसीआर परीक्षण गरेपछि ‘फल्स नेगेटिभ’ आउँछ । नेगेटिभ आयो भनेर ढुक्क हुने तर सङ्क्रमणमा हुने डर हुन्छ । त्यसैले पाँचदेखि सात दिन कुर्नु पर्दछ र उक्त समयमा छुट्टै क्वारेन्टाइनमा समेत बस्नुपर्दछ ।’

काठमाडौं उपत्यकामा नमुना परीक्षणका लागि १४ वटा अस्तालमा स्वाब सङ्कलन केन्द्र राखिएको छ । त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्तपाल, निजामती अस्पताल, स्टार अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, सशस्त्र प्रहरीको बलम्बु अस्पताल, ह्याम्स अस्पताल, नेपाल-चीनमैत्री अस्पताललगायतका १४ अस्पतालमा गई स्वाब दिनका लागि सङ्क्रमणको जोखिम भएका व्यक्तिलाई आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । रासस  

सम्बन्धित समाचार

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ धरौटीमा रिहा

काठमाडौ, २१ माघ-ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा रिहा भएका छन् ।  बुधबार न्यायाधीशद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुललमानको संयुक्त इजलासले गुरुङसँग दुई करोड धरौटीमा छाड्ने आदेश दिएको...

डब्लूएचओका नेपाल प्रतिनिधि भन्छन् : स्थानीय तहले सक्रियता बढाए कोरोनाको जोखिम घट्छ

काठमाडौं, ३० जेठ-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा. भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा...

जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य हो : सभापति देउवा

काठमाडौँ, १६ पुस-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्बद्र्धनका लागि कांग्रेसको काँधमा प्रमुख जिम्मेवारी रहेको बताउनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले...

मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा  

काठमाडौं, २४ जेठ-गर्भवती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएपछि भक्तपुरको मध्यपुर अस्पताल प्रालिका ३०  कर्मचारी क्वारेन्टाइनमा बस्न सुरू गरेका छन् । गत मंगलबार अस्पताल भर्ना भएकी दोलखा घर भएकी भक्तपुर कमलबिनायकमा बस्ने ति गर्भवतीमा आज गरिएको...

शिक्षादीप कलेज पढेकी अदिती जैन छात्रातर्फ एमबीबीएसको इन्ट्रान्समा टपर

विराटनगर । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षमा १८ हजार बढी विद्यार्थीलाई उछिन्दै विराटनगरस्थित शिक्षादीपक कलेजबाट प्लस २ सकेकी सुनसरीको हरिनगरा–४ की २० वर्षीया अदिती कुमारी जैन टपर भएकी छन् । कुल ६ हजार...

कोरोना परीक्षण भन्दै झुक्याएर कतारले निष्कासन गर्‍यो कैयौँ कामदार : एम्नेस्टी

काठमाडौं, ४ वैशाख-कोरोना भाइसर (कोभिड–१९ परीक्षण) गर्ने भन्दै झुक्याएर कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । गत फागुन २९ र ३० मा...

६९ जिल्लामा कोरोनाको र्‍यापिड टेस्ट

काठमाडौं, ४ वैशाख-सरकारले ६९ जिल्लामा कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोबेल कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रवक्ता डा विकास देवकोटाले ६९...

विराटनगरमा व्यवसायीलाई धम्कि दिँदै रकम अशुली गर्ने दुई जना पक्राउ

विराटनगर, २० असोज । विराटनगरका विभिन्न व्यवसायीलाई धम्कि दिएर रकम अशुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका स्थित स्थानिय व्यवसायीलाई धाकधम्की दिई रकम माग गर्ने दुई जनालाई प्रहरीले विराटनगर बसपार्कबाट पक्राउ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्