विराटनगरमा व्यवसायीलाई धम्कि दिँदै रकम अशुली गर्ने दुई जना पक्राउ

 न्यूज विराट
विराटनगरमा व्यवसायीलाई धम्कि दिँदै रकम अशुली गर्ने दुई जना पक्राउ

विराटनगर, २० असोज । विराटनगरका विभिन्न व्यवसायीलाई धम्कि दिएर रकम अशुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका स्थित स्थानिय व्यवसायीलाई धाकधम्की दिई रकम माग गर्ने दुई जनालाई प्रहरीले विराटनगर बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर–१२ का २७ वर्षीय शम्भु पासवान र सोही ठाउँका २८ वर्षीय अजय पासवान रहेका छन् ।

उनीहरुलाई नगद दशहजार) र रकम माग गर्न प्रयोग भएको थान २ मोवाईल सहित विराटनगर महानगरपालिका वडा नं.–१० स्थित बसपार्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

दुवै जनालाइ मोरङ जिल्ला अदालतबाट अपराधिक लाभ लिएको कसूरमा पाँच दिन म्याद थपेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

शुक्रबार थपिए १०१ जना संक्रमित, २८५ जनाले जिते कोरोना

काठमाडौं, २ असार-शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

तेस्रो प्याब्सन कप : विराटनगरका चार स्कुल क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार स्कुल क्वाटरफाइनमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा बिहीबार भएको खेलमा एभरेष्ट, सनसाइन, दिल्ली पब्लिक र सगरमाथा स्कुल क्वाटरफाइनलमा पुगेका हुन् । प्रतियोगिताको पहिलो...

काँग्रेसका युवा नेता गिरीद्धारा सामुदायिक विद्यालयलाई पंखा वितरण

विराटनगर । नेपाली काँग्रेसका युवा नेता अभिषेक गिरीले सामुदायिक विद्यालयलाई पंखा वितरण गरेका छन् । केही दिनयतादेखि अत्याधिक गर्मी बढेपछि पंखा नभएको सामुदायिक विद्यालयमा गिरीले पंखा वितरण गरेका हुन् । गिरीले विराटनगर १८ स्थित श्री...

कोरोनाबाट १७ वर्षीया किशोरीको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

काठमाडौं, १० साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....

कान्तिपुर कलेजमा विद्यार्थीको आकर्षण, ८५० कोटामा १३ सय ३७ विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना हुन विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका...

राजदेवी मन्दिरमा एकै रातमा झण्डै ९ हजार बोकाको बलि

जनकपुरधाम, ९ कात्तिक-जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा करिब ९ हजार बोकाबलि दिइएको छ । महाष्टमीको दिन शनिबार राति करिब चार घण्टामा राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाबली प्रदान गरिएको हो ।  जिल्ला प्रशासन...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप: हाम्रो धरान भेट्रान्स क्लब फाइलनमा

विराटनगर । कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान्स क्लब फाइनलमा प्रवेश गरेको छ। विराटनगर जुटमिल खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा धरानले पथरीशनिश्चरे भेट्रान्स क्लबलाई टाइब्रेकरमा ४–१ गोलले पराजित...

राधाकृष्ण रथयात्रा मंगलबार निस्किदै, नेपाल र भारतका ५ लाख बढी भक्तजनहरुको सहभागिता हुने

विराटनगर । विराटनगरमा निकाल्ने ऐतिहासिक राधाकृष्ण रथयात्रा मंगलबार निस्कँदै छ । राधाकृष्णको युगल जोडीको रथयात्रा भाद्र ११ गते मंगलबार विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्कने भएको हो । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष विराटनगरमा रथयात्रा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्